३३ वर्षीय ब्रिटिश फाइटर टाइसन फ्युरीले शनिबार वेम्बलीमा ९४ हजार फ्यानहरूका अगाडि डिलियन ह्वाइटको छैटौं चरणको नकआउटपछि आफ्नो उपाधि यात्रालाई पूर्ण विराम दिँदै सन्यास लिने सङ्केत गरेका छन् ।
बुधवार पियर्स मोर्गनको कार्यक्रममा बोल्दै, फ्युरीले आफ्नो परिवारसँग धेरै समय बिताउन बक्सिङ छोड्ने निर्णय गरेको बताए । उनले भने, “म सकिएँ, हरेक असल कुकुरको दिन आउँछ, म खुसी छु, म स्वस्थ छु । म सँग अझै मेरो दिमाग छ, म कुरा गर्न सक्छु, म सँग सुन्दर श्रीमती छ, मेरो छ जना बच्चाहरू छन्, धेरै बेल्टहरू जितेको छु ।
“म सँग धेरै पैसा छ, कीर्तिमानहरु छन्, म यो सब आफ्नो परिवारका लागि गदैंछु । मैले गर्न सक्ने अरू केही छैन’ टायसन फ्युरीले डिलियन व्हाइटलाई हराएपछि रिटायर हुने कुरा गरे तर फ्युरी भन्छन् कि उनी आफ्नो सन्यास लिने निर्णयबाट खुसी छन् । उनी थप्छन् “बक्सिङ एक खतरनाक खेल हो, म जितका साथ आफ्नो पदत्याग गर्दैछु । म अपराजित छु र इतिहासमा अपराजित हेभीवेट च्याम्पियनबाट सन्यास लिने जीमी वाइल्डपछि दोस्रो व्यक्ति हुँदैछु । मैले जे जति गरें, त्यसमा म धेरै खुसी र सन्तुष्ट छु ।” टाइसन भन्छन्, “मेरो ध्यान आफ्नो परिवारमा छ, मलाई व्यक्तिगत समय चाहिएको छ । मैले सधैं भन्ने गर्थेँ, म आफ्नो करियरभरि बक्सिङ्गको शीर्षस्थानमा हिँड्न चाहन्छु, र म खुसी छु कि म आफ्नो शर्तमा सधै उभिन सकेँ ।”
टाइसन फ्युरीका उपलब्धीहरु:
१. दुई पटकको विश्व हेवीवेट च्याम्पियन,
२.२०२० मा डिओन्टे वाइल्डरलाई हराएर डब्लुबीसी जिते,
३.उनले २०१५ मा व्लादिमिर क्लिटस्कोलाई हराएर आइबिएफ, डब्लुबिएफ,आइबिओ र रिङ्ग टाइटल जितेका थिए ।































प्रतिक्रिया