१९९० को दशकमा बेलारुसमा हुर्केका, एलेक्जेन्डर लेसुन जीवनको सुरुआती वर्षहरूमा आफ्नो प्रेरणा स्रोतका निम्ती सोभियत युनियनका खेलकुद उपलब्धिहरूलाई हेर्ने गर्थे । उनी आफ्नो बाल्य अवस्थामा ओलम्पिक च्याम्पियन बनीसकेका खेलाडीहरूका कुरा सुन्दा ईष्यालु बन्थे ।
९० को दशक युएसएसआरका (सोभियत युनियन’ हालको रुस) लागि खेलकुद ठूलो प्राथमिकतामा थियो । एलेक्जेन्डरका लागि त्यो मौका आफ्नो अस्तित्व प्रमाणित गर्ने अवसर बन्योे । सन् २००९ मा जब उनले रुसको प्रतिनिधित्व गर्ने मौका पाए, त्यो समय उनी खुसीले धेरै उफ्रिए ।
३३ वर्षीय एलेक्जेन्डर भन्छन्, “रुसी झण्डामुनि रही प्रतिस्पर्धा गर्न पाउँदा मलाई गर्व लाग्थ्याे । उनी थप्छन्, “मेरी हजुरआमा रुसी हुन्, रसियामा मेरा धेरै आफन्तहरू छन्, रसिया मेरो हृदयको लागि सधैं प्रिय, बलियो, महान् देश थियो । उनी प्रष्ट्याउँछन्, म राजनीति वा सेनाको बारेमा कुरा गरिरहेको छैन, म रुसका मानिसहरूको बारेमा, प्राकृतिक सौन्दर्यको बारेमा कुरा गरिरहेको छु । म सधैं यससँग जोडिएको महसुस गर्छु ।”
सन २००९ पछि एलेक्जेन्डरले रूसका लागि आधुनिक पेन्टाथलममा (पेन्टाथलम अर्थात ओलम्पिक खेलहरू मध्ये एक जसमा पौडी, घोडचढी दौडने र लेजर सुटिङको संयोजन समावेश हुन्छ) १४ वटा विश्व च्याम्पियनसिप पदक जिते, जसमध्ये चार वटा स्वर्णपदक छन् । सन् २०१६ मा ब्राजिलमा भएको रियो ओलम्पिकमा उनले गोल्ड मेडल जितेका थिए ।
फेब्रुअरी २४ मा रुसीले युक्रेनलाई हमला गरेपछि एलेक्जेन्डर रुसका लागि अब फेरि कहिल्यै नखेल्ने निर्णय गरे । उनी भन्छन्, “म स्तब्ध छु, मैले बुझे अनुसार अब संसार पहिल्यै जस्तो हुने छैन। एलेक्जेन्डरसँग कुनै प्लान बी’ छैन । उनले आफ्नो निर्णय आवेगपूर्ण भएको बताउँछन् ।
उनी युक्रेनविरुद्ध भएको युद्धका बारेमा बोल्ने धेरै कम रुसी खेलाडीमध्ये एक हुन्। उनी भन्छन्, “बाहिर बोल्नु धेरै जोखिमपूर्ण छ र गम्भीर परिणाम आउन सक्छ। युद्ध विरोधी प्रदर्शनमा हजारौंलाई हिरासतमा राखिएको छ। नयाँ ल्याईएको कानून अनुसार रुसी सरकारले युक्रेनमा आफ्नो “विशेष सैन्य अभियान” लाई आक्रमण वा युद्धको रूपमा वर्णन गर्न प्रतिबन्ध लगाएको छ उनी थप्छन् , “रूसभित्रको अवस्था अत्यन्तै गम्भीर हुँदै गइरहेको छ।”
फेब्रुअरी महिना दुबईमा भएको खेलपछि रसियाका स्टार टेनिस खेलाडी आन्द्रे रुबलेभले टिभी स्क्रिन अघि ‘नो वार प्लिज’ लेखेका थिए । विश्व नम्बर २ ड्यानिल मेदवेदेव भन्छन्, “शान्ति प्रवर्द्धन गरौं ।” मेदवेदेव र रुबलेभले तटस्थ ब्यक्तिगत झण्डामुनि रहि खेल जारी राख्ने बताउँछन् । जबकि धेरै अन्तर्राष्ट्रिय खेलकुद निकायहरूले रुसी खेलाडीलाई प्रत्यक्षरूपमा प्रतिस्पर्धा गर्न प्रतिबन्ध लगाएका छन्।
नयाँ निर्णय अनुसार रुसी खेलाडीलाई युकेमा ब्यक्तिगत तटस्थरूपमा प्रतिस्पर्धा गर्न अनुमति दिनुपर्छ भन्ने निर्णय भएको छ । खेलकुद मन्त्री निगेल हडलस्टोन “रुसी खेलाडीहरूले उनीहरू वास्तवमा तटस्थ छन् भनेर लिखित प्रमाण दिएमा उनीहरुलाई प्रतियोगितामा भाग लिन दिने बताउँछन् ।”































प्रतिक्रिया