पहिलो टी-२० मा नेपाल ६ विकेटले पराजित

पहिलो टी-२० मा नेपाल ६ विकेटले पराजित

केन्द्रबिन्दु
0
Shares

नेपाल जिम्बाब्वे 'ए' विरुद्धको पहिलो टी-२० क्रिकेटमा ६ विकेटले पराजित भएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले १८.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । योसँगै जिम्बाब्वे 'ए' ले ३ म्याचको सिरिजमा १-० को अग्रता बनाएको छ । उसको जितमा क्याप्टेन टोनी मुयोङ्गाले ५० र इनोसेन्ट केइया ४७ रन बनाए । टाटिवानिस मारुमानेले ५६ रनको योगदान गरे ।  

सिनियर टिमको जर्सीमा पहिलो पटक मैदान उत्रिएका बसिर अहमदले क्याप्टेन मुयोङ्गाको विकेट लिँदै अन्तर्राष्ट्रिय विकेटमा खाता खोले । उनले पहिलो खेलमा नै २ विकेट झारे । क्लिफ मडान्डेलाई उनले ८ रनमा विकेटकिपर आसिफ शेखबाट स्टम्पिङ गराए । आफ्नो स्पेलमा मात्र २५ रन खर्चिए । 

सन्दीप, सोपमाल कामी, करण केसी, अभिनाश बोहोरा नराम्ररी चुटिएको खेलमा बसिरले किफायती बलिङ गरेका थिए । सन्दीप लामिछाने र करण केसीको नाममा एकएक विकेट रह्यो ।

यसअघि कीर्तिपुरमा जिम्बाब्वेले टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ५ विकेट गुमाएर १८१ रनको उच्च योगफल तयार पारेको थियो। 

नेपालका लागि ओपनर कुशल भुर्तेलले ४६, रोहित पौडेलले ३६ र दीपेन्द्रसिंह ऐरीले २८ रन बनाए । मोहमद आदिल आलमले नटआउट ४७ रनको योगदान गरे । मात्र २७ बलको सामना गरेका उनले ३ छक्का र ४ चौकाको मद्दतमा सो रन बनाएका हुन् ।

आसिफ शेख ९ र आरिफ शेख २ रनमा आउट हुँदा करण केसी ४ रनमा नटआउट रहे । 

ब्राड इभान्स, लुक जोङ्वे, ब्रान्डन माभुता र जोन मासाराले समान एकएक विकेट लिए । 

दोस्रो टी २० सोमबार हुनेछ । 
 

Skip This
Skip This
Logo