राष्ट्रिय भलिबल : पुरुषतर्फ आर्मीको लगातार तेस्रो जित

राष्ट्रिय भलिबल : पुरुषतर्फ आर्मीको लगातार तेस्रो जित

केन्द्रबिन्दु
0
Shares

गल्कोट स्पोर्टस् क्लबलाई सोझो सेटमा हराउँदै साविक विजेता त्रिभुवन आर्मी क्लबले एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिगमा पुरुष तर्फ लगातार तेस्राे जित निकालेको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको दिनको दोस्रो खेलमा आर्मीले गल्कोटलाई २५–१२, २५–११, २५–२२ को सेटमा हरायो । 

प्रतियोगितामा आर्मीले लगातार तेस्रो जित निकाल्दा गल्कोटले भने लगातार तेस्रो हार बेहोरेको छ । आर्मीले पहिलो खेलमा एपीएफ क्लबलाई र दोस्रो खेलमा गण्डकी प्रदेशलाई सोझो सेटमा हराएको थियो ।  शतप्रतिशत नतिजा निकालेको आर्मीले ९ अंक बनाएको छ ।

गल्कोट पहिलो खेलमा पुलिससँग सोझो सेटमा र दोस्रो खेलमा एपीएफसँग ३–१ को सेटमा पराजित भएको थियो ।

प्रतियोगितामा हेल्प नेपाल, नेपाल पुलिस, एपीएफ र गण्डकीले समान तीन अंक जोडेका छन् । गल्कोट र ढोरपाटन स्पोर्टस् क्लब अंकविहीन छन् ।

Skip This
Skip This
Logo