सिपिएल अन्तर्गत सेमिफाइनलमा जमैकाको लज्जास्पद पराजय

सिपिएल अन्तर्गत सेमिफाइनलमा जमैकाको लज्जास्पद पराजय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत गएराति भएको सेमिफाइनल खेलमा सन्दीप लामिछाने अनुबन्धित जमैका तलावाज पराजित भएको छ । जमैका ट्रिनबागो नाइटराइडर्ससँग ९ विकेटले पराजित भएको हो ।

खेलको शुरुमा टस हारेर ब्याटिङमा उत्रिएको जमैकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०७ रन बनाएको थियो ।

१०८ रनको सामान्य लक्ष्य पछ्याएको ट्रिनबागोले १५ ओभर सकिँदा १ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यस खेलमा सन्दीप लामिछाने विकेटविहीन रहे ।

Logo