म्याराडोनाको जर्सी १ अर्ब ७ करोड नेपाली रुपैयाँमा बिक्री !

म्याराडोनाको जर्सी १ अर्ब ७ करोड नेपाली रुपैयाँमा बिक्री !

केन्द्रबिन्दु
0
Shares

डिएगो म्याराडोनाले सन् १९८६ को विश्वकपमा इंग्ल्यान्डविरुद्ध अर्जेन्टिनाका लागि ‘ह्यान्ड अफ गड्’ गोल गरे। त्यो गोललाई गोल अफ द सेन्चुरी नामले पनि  चिनिन्छ। 

त्यस खेलमा अर्जेन्टिनाले इंग्ल्यान्डविरुद्व २-१ ले जित हात पारेको थियो । त्यो समय म्याराडोनाले लगाएको १० नंबरको जर्सीको हालै सम्पन्न एउटा अक्सनमा ७.१ मिलियन पाउण्ड अर्थात् १ अर्ब ७ करोड नेपाली रुपैयाँमा बिक्री भएको छ। तर गोपनियताको लागि त्यो जर्सी खरिद गर्ने मानिसको नाम खुलाइएको छैन। यो मूल्य खेलकुदसँग सम्बन्धित वस्तुलाई लगाइएको सबैभन्दा उच्च मध्येकै एक हो। 

इंग्ल्यान्डका पूर्वमिडफिल्डर स्टिभ होजले सो टिसर्ट क्वार्टर फाइनलपछि म्याराडोनासँग साटेको ३६ वर्षपछि यसलाई लिलामीका लागि राखिएको हो। स्टिभ होजले त्यो जर्सीलाई अहिलेसम्म सम्हालेर राखेका थिए। र पछिल्लो बीस वर्षदेखि उनले त्यो जर्सी इंग्ल्यान्डको राष्ट्रिय फुटबल संग्रहालयमा सार्वजनिकरुपमा सबैले हेर्नका लागि राखेका थिए।   

नोभेम्बर २०२० मा म्याराडोनाको मृत्यु भएपछि होजले उक्त जर्सी बिक्रीका लागि नभएको बताएका थिए । इंग्ल्यान्डका लागि दुई विश्वकप खेलेका एस्टन भिल्ला र टोटेनहमका पूर्वमिडफिल्डर हज म्याराडोनासँग टिसर्ट साटासाट गरेपछि त्यो प्रख्यात निलो जर्सी स्टिभ होजले आफूसँग ३६ वर्षसम्म सम्हालेर राखेका थिए। 

इंग्ल्यान्डविरुद्व म्याराडोनाले क्वाटर फाइनलमा गरेका ती २ गोलका कारण म्याराडोनालाई फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडीका रुपमा गनिन थालियो।

उनले दोस्रो हाफमा गोलकिपर पिटर शिल्टनभन्दा बाहिरको बललाई हेडबाट गोल गर्न खोजेका थिए। तर बल नभेट्दा उनले हातबाट पञ्चिङ गरेर गोल गरेका थिए । रेफ्रीले हातले बल छोएको देखेनन् र गोलको मान्यता दिए । त्यो विवादास्पद गोल गरेको ४ मिनेटपछि फुटबल शताब्दीकै सर्वोत्कृष्ट गोल गरेका थिए । सो खेल अर्जेन्टिनाले २-१ ले जितेको थियो । 

Logo