काठमाडौंमा जारी दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले आज पाहुना टोली जिम्बावे ‘ए’ विरुद्ध प्रतिष्पर्धा गर्दैछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र जिम्बावे ‘ए’ बीचको खेल बिहान ९ः३० बजे शुरु हुनेछ । शुक्रबार भएको पहिलो खेलमा जिम्बावेले नेपाललाई ३ विकेटले हराएको थियो ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एक दिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलिरहेको हो । यसअघि नेपाल र जिम्बावेबीच भएको तीन खेलको टी-ट्वान्टी सिरिज १–१ को बराबरीमा सकिएको थियो ।































प्रतिक्रिया