नेपालले जिम्बाब्वे ए सँग आज तेस्रो तथा निर्णायक एकदिवसिय अभ्यास खेल खेल्दैछ। खेल बिहान ९ः३० मा टियु क्रिकेट मैदानमा सुरु हुने भनिए पनि चिसो मैदानका कारण अझै खेल सुरु सकेको छैन ।
तीन एकदिवसिय सिरिज १–१ को बराबरीमा छ । पहिलो खेलमा जिम्बाब्वे ए ३ विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा नेपालले ९ विकेटका साथ सान्दार जित हात पारेको थियो । आजको खेल जित्ने टोलीले सिरिज पनि जित्नेछ ।
पहिलो वान डेमा जहाँ नेपालको हार बिर्सनलायक थियो, त्यहीं दोस्रो वान डेमा नेपालले प्राप्त गरेको जितलाई सानदार भन्न मिल्ने ठाउँ धेरै थिए । यस्तोमा कतै समस्या ‘कन्सिस्टेन्सी’ (स्थिरता) को त होइन ? प्रशिक्षक पुबुदु दसानायके भन्छन्, ‘वास्तवमै अहिलेको टिममा धेरै सुधारको आवश्यक छ । तर अहिले जे जस्तो भइरहेको छ, त्यसमा म खुसी छु । पहिलो वान डेमा बलको हर्कत धेरै थियो तर म यहिँ नै चाहन्थें, नेपाली खेलाडीले यस्तै कठिन स्थितिको सामना गरोस् ।’
नेपालले दोस्रो खेलमा सानदार जित निकालेका कारण आज उच्च प्रदर्शनका लागि उच्च मनोबल लिएर मैदानमा उत्रने छ। जिम्बाब्वे भने केही दबाबमा हुनेछ ।
नेपाली खेलाडीहरु
१. बिनोद भण्डारी
२. सुसान भारी
३. सुनिल धमला
४. सोमपाल कामी
५. आरिफ सेख
६. डिपेन्द्रसिंह ऐरी
७. कुशल भुर्तेल
८. करण केसी
९ं सन्दीप लामिछाने
१०. बिक्रम सोब
११. अविनास बोहोरा
१२. आसिफ सेख
१३. रोहित पौडेल
१६. किशोर महतो
१७.सागर ढकाल
१८. मोहमद आदिल अलाम
१९. देव खनाल





























प्रतिक्रिया