नेपाल र जिम्बाब्बे ए : ३३ ओभर छोट्याइएको खेलमा नेपाल टस जितेर फिल्डिङ गर्दै

नेपाल र जिम्बाब्बे ए : ३३ ओभर छोट्याइएको खेलमा नेपाल टस जितेर फिल्डिङ गर्दै

केन्द्रबिन्दु
0
Shares

नेपाल भ्रमणमा रहेको जिम्बाब्बे ए  र नेपालबीचको अन्तिम तथा निर्णायक एकदिवसिय खेल साेमबार हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल टस जितेर फिल्डिङ गर्ने भएको छ। भ्रमणकारी टोली जिम्बाब्बे भने सुरुवाती ब्याटिङ गर्नेछ।

खेल निर्घारित समय अनुसार ९ बजे हुनु पर्ने थियो । तर राति परेको वर्षाका कारण आउटफिल्ड भिजेका कारण टस १२ बजे मात्र भएको थियो। नेपाल क्रिकेट संघ क्यानका अनुसार खेल ३३ ओभरको हुनेछ । 

नेपाल र जिम्बाब्बे  ए बीचको तीन एकदिवसिय सिरिज १–१ को बराबरी अवस्थामा छ। पहिलो खेलमा जिम्बावे तीन विकेटले विजयी भएको थियो भने  दोस्रो खेलमा नेपाल ९ विकेटको विजयी हुँदै शृंखला बराबरी गर्न सफल भएको थियो। 

अन्तिम खेलमा समेत लगातार जित निकाल्दै नेपाल शृंखला घरमै राख्न चाहन्छ। यता जिम्बाब्बे  भने शृंखला जित्दै भ्रमय सुखमय बनाउन चाहन्छ।

Logo