आईपीएल : शीर्ष स्थानमा रहँदै गुजरात प्लेअफमा

आईपीएल : शीर्ष स्थानमा रहँदै गुजरात प्लेअफमा

केन्द्रबिन्दु
0
Shares

लखनउ जाइन्ट्सलाई ६२ रनले हराउँदै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगिताको प्लेअफमा प्रवेश गरेको छ।

मंगलबार राति  गुजरातले दिएको १४५ रनको लक्ष्य पछ्याएको लखनउ १३ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ८२ रनमा समेटियो।

लखनउका दिपक होडाले सर्वाधिक २७ रन जोड्दा क्विन्टन डी ककले ११ रन जोडे। अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन्। गुजरातका राशिद खानले ४ विकेट लिए।

यसअघि पुनेमा टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर १४४ रन जोडेको थियो। गुजरातका शुबमन गीलले सर्वाधिक ६३ रन बनाए। यस्तै डेभिड मिल्लरले २६ रनको योगदान गरे।

जितसँगै गुजरात १२ खेलबाट १८ अंक जोडेर शीर्ष स्थानमा छ। लखनउ १२ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा छ। आईपीएलमा नयाँ टोलीको रुपमा भित्रीएका गुजरात र लखनउको पहिलो वर्ष नै उच्च लयमा छन् ।

Logo