पिएरे इमरिक औवामियाङको दुई गाेलकाे मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत मंगलबार राति सेल्टा भिगोलाई ३-१ अन्तरले पराजित गरेको छ।
नोउ क्याम्प क्याटलान क्लब बार्सिलोनाको जितमा औवामियाङले दुई गोल गर्दा मेम्फिस डिपाएले एक गोल गरे । सेल्टाको लागि लागो आस्पासले सान्त्वना गोल फर्काए।
जितसँगै बार्सिलोना ३६ खेलबाट ७१ अंकसहित दोस्रो स्थानमा छ। पराजित सेल्टा ४३ अंक जोडेर ११औँ स्थानमा छ ।
ला लिगाको च्याम्पियन भने रियल म्याड्रिड बनिसकेको छ। बार्सिलोनाको दोस्रो स्थानमा रहेर लिग टुंगाउने सम्भावना उच्च छ।





























प्रतिक्रिया