घरेलु मैदानमा नेपालले गुमायो सिरिज

घरेलु मैदानमा नेपालले गुमायो सिरिज

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली युगाण्डाविरुद्धको तेस्रो टी-२० क्रिकेटमा ६ विकेटले पराजित भएको छ । योसँगै नेपालले ५ म्याचको सिरिज २ खेल अगावै ३-० ले गुमाएको छ । 

कीर्तिपुरमा सय रनको सामान्य लक्ष्य युगाण्डाले १८.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । उसको जितमा केभिन विनोले ४२ र जनित बाबाजीले २७ रनको योगदान गरिन् । कविता कुँवरले २ तथा रुबिना क्षेत्री र इन्दु बर्माले समान एकएक विकेट लिएपनि सिरिज बचाउन भने सकेनन् । 

यसअघि नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर ९९ रनको मध्यम योगफल तयार पारेको थियो । नेपालका लागि ज्योति पाण्डेले ४७, क्याप्टेन रुबिना क्षेत्रीले १८ र सीता रानामगरले १२ रन बनाइन् । फियोना कुलुमे र कोन्की वेकोले समान २ विकेट लिएका थिए । 

सिरिजको चौथो खेल भोलि हुनेछ । 

Skip This
Skip This
Logo