एन्फा चुनावः अध्यक्ष शेर्पाले भोलि उम्मेदवारी दिने

एन्फा चुनावः अध्यक्ष शेर्पाले भोलि उम्मेदवारी दिने

केन्द्रबिन्दु
0
Shares

अखिल नेपाल फुटबल संघ एन्फा का वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले ६ असारमा हुने चुनावमा पुनः अध्यक्ष पदका लागि उम्मेदवारी दिने भएका छन् । 

अध्यक्ष शेर्पाले भने, ‘भोलि शुक्रबारअध्यक्ष पदका लागि उम्मेदवारी दिँदै छु । अन्य पदका लागि साथीहरूसँग सल्लाह भइरहेको छ,’ कर्माले भने । 

यस अघि २०७४ जेठमा कर्मा पहिलो पटक एन्फा अध्यक्षको रूपमा निर्वाचित भएका थिए । 

तर यसपटक उनैलाई साथ दिएका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ प्रतिद्वन्द्वी रूपमा उत्रने तयारी गरेका छन् । उनले भने हालसम्म घोषणा गरेका छैनन् । 

एन्फा चुनाव आगामी ६ असारमा हुँदैछ । जसमा लागि भोलिबाट उम्मेदवारी दर्ता सुरु हुने कार्यतालिका रहेको छ । 

Logo