आज भलिबल दिवस, विभिन्न कार्यक्रम हुँदै

आज भलिबल दिवस, विभिन्न कार्यक्रम हुँदै

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय खेल भलिबल घोषणा भएको आज पाँच वर्ष पुगेको छ । 

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वकाे सरकारले २०७४ साल ८ जेठ गते नेपालको राष्ट्रिय खेल  भलिबल घोषणा गरेको थियो । त्यसयता नेपाल भलिबल संघ , भलिबल क्लब र एकेडेमीका रुपमा रहेका संघ संस्थाले विभिन्न कार्यक्रम आयाेजना गरी  यो दिनलाई भलिबल दिवस दिवस बनाउदै आएका छन् ।

आज जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले खेलकुद पत्रकारसहित भलिबलमा क्रियाशिल ब्यक्तिबीच मैत्रीपूर्ण खेल आयोजना गर्दै भलिबल दिवस मनाउने भएको छ । यता, न्यु डायमन्ड एकेडेमीले पुरानो नैकापमा साँझ त्रिभुवन आर्मी क्लबसँग खेल्दै दिवस मनाउने योजना बनाएको छ । 

नेपाल भलिबल संघका सदस्य तथा पूर्व खेलाडी भरत शाह भलिबललाई व्यवस्थित, विस्तार र भलिबल खेलको पूर्वाधारमा सहयोग गर्न सरोकारवाला निकायले सहयोग गर्नुपर्ने बताउँछन् । 'हामी विस्तारै व्यवसायिक हुँदै छाैँ। यसलाई अझै विस्तार गर्न  सरोकारवाला निकायले सहयोग गर्नुपर्छ । संघ एक्लैले केही गर्न सक्दैन',न्युज कारखानासँग उनले भने ।

Skip This
Skip This
Logo