क्ले कोर्टका बादशाह स्पेनिस स्टार राफेल नाडाल फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । पेरिसमा गएराति भएको खेलमा विश्व नम्बर एक सर्बियन नोभाक जोकोभिकलाई हराउँदै नाडाल अन्तिम चारमा पुगेका हुन् ।
कीर्तिमानी २१ ग्रान्डस्लाम विजेता नाडालले सर्बियन जोकोभिचलाई ६–२, ४–६, ६–२ र ७–६ को सेटमा हराए । कीर्तिमानी १४औं पलट उपाधि जित्ने लक्ष्यमा रहेका नाडालले आफू फ्रेन्च ओपन इतिहासकै महान खेलाडी भएको पुनः प्रमाणित गरेका छन् ।
जोकोभिच र रोजर फेडेररले क्रमश २० र २१ पटक ग्रान्ड स्लाम जितेका छन् । यो जितसँगै नाडालले गत वर्ष फ्रेन्च ओपनको सेमिफाइनलमा जोकोभिचसँग हारको बदलासमेत लिएका छन् । आजको खेलसम्म नाडाल र जोकोभिच ५९औं पटक आमनेसामने भएका छन् ।
यो जितसँगै नाडालले जोकोभिचसँगको हारको दुरी पनि कम गरेका छन् । ५९ मध्ये ३० मा जोकोभिच विजयी भएका छन् भने नाडालले २९ वटा खेल जितेका छन् । अब नाडालले सेमिफाइनलमा तेस्रो वरीयताका एलेसान्डर ज्वेभरेभसँग खेल्ने छन् । जर्मनीका ज्वेभरेभले स्पेनका कार्लोसलाई हराएका थिए । नाडालले यसअघि १३औँ पटक फ्रेन्च ओपन जितिसकेका छन् ।
प्रतिक्रिया