अर्जेन्टिना र इटाली भिड्दै

अर्जेन्टिना र इटाली भिड्दै

केन्द्रबिन्दु
0
Shares

कोपा अमेरिका विजेता अर्जेन्टिना र युरोपियन च्याम्पियनसिप २०२० को विजेता इटालीबीच आज (बुधबार) प्रतिस्पर्धा हुँदैछ । दुई महादेशको विजेताइटाली र अर्जेन्टिनाबीचको खेल आज राती नेपाली समय अनुसार १२ बजेर ३० मिनेटमा सुरु हुनेछ ।

दुई महादेशका बिजयी फुुटबल टोलीबीच यो तेस्रो पटकको प्रतिस्पर्धा हो । आज हुने खेललाई सुरुमा मैत्रीपूर्ण भनिएपनि फिफाका अफिसियल रहेको बताइएको छ । तर, आधिकारिक कुनै पनि निकायले यसलाई मैत्रीपूर्ण वा आधिाकारिक प्रतियोगिता भनेर हालसम्म पुष्टिभने गरेका छैनन् ।

अर्जेन्टिना आफ्नो महादेशबाट अपराजित रहँदै कतार विश्वकपमा छनौट भइसकेको देश हो भने इटाली यसपटक पनि विश्वकपमा छनोट हुन सकेको छैन । इटाली सन् २०१८ को विश्वकपमा पनि छनोट हुन असफल भएको थियो । इटालीका ३७ वर्षिय डिफेन्डर जर्जियो चिलिनीका लागि अन्तिम अन्तर्राष्ट्रिय खेलमा कप्तानी गर्दैछन् ।

उनले यस खेलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनेछन् । लियोनल मेस्सीको कप्तानीमा उत्रने अर्जेन्टिना विश्वकप फुटबल अघि उपाधिजित्ने योजनामा हुनेछन् । इटालीले इङ्ल्यान्डलाई पेनाल्टीमा ३–२ गोलले हराएर युरो २०२० र अर्जेन्टिनाले ब्राजिललाई १–० ले हराएर कोपा अमेरिकाजितेकाथिए ।
 

Logo