रोनाल्डोको गोल ‘गोल अफ दी सिजन’

रोनाल्डोको गोल ‘गोल अफ दी सिजन’

केन्द्रबिन्दु
0
Shares

म्यानचेस्टर युनाइटेडका स्टाइकर क्रिस्टियानो रोनाल्डोको टटनह्यामविरुद्व गरेको गोल इंग्लिस प्रिमियर लिग फुटबल (ईपीएल) ले सन् २०२१–२२ को 'गोल अफ दी सिजन' बनेको छ । 

रोनाल्डोले गत मार्चमा टटनह्यामविरुद्व ह्याट्रिक गरेका थिए । उनले गरेको त्यो गोलले मार्च महिनाको उत्कृष्ट गोलको उपाधि समेत जितेको थियो । उनले त्यो गोल फ्रेडको फ्लिक पासलाई दुई टचमा टटनह्यामका गोल किपर ह्युगो लोरिसलाई विट गर्दै गोलमा परिणत गरेका थिए । उनको त्यो गोललाई रकेट सटको उपनाम दिईएको थियो । उनको ह्याट्रिक गोलकै कारण म्यानचेस्टर युनाइटेडले सो खेल ३-२ ले जितेको थियो ।

रोनाल्डो म्यानचेस्टर आएको एक वर्षमा क्लवका लागि २४ गोल गरिसकेका छन् । घरेलु लिगमा पनि उनी सर्वाधिक गोलकर्ताका रूपमा लिभरपुलका मोहम्मद सलाह र टटनह्यामका सन हिउङ मिनभन्दा ५ गोलले मात्र पछाडि भएका थिए । रोनाल्डोले घरेलु लिगमा १८ गरेका छन् । 

गोल अफ दी सिजनका लागि छानिएका १० उत्कृष्ट गोलहरु : 
१.ड्यानी इङ्गस (एस्टन भिल्ला) विरुद्ध न्यूकासल युनाइटेड
२.एन्ड्रोस टाउनसेन्ड (एभर्टन) विरुद्ध बर्नली
३.मोहम्मद सलाह (लिभरपुल) विरुद्ध म्यानचेस्टर सिटी
४.रोड्रि (म्यानचेस्टर सिटी) विरुद्ध एभर्टन
५.अलेक्जेन्डर लाकाजेट (आर्सनल) विरुद्ध साउथह्याम्पटन
६.माटेओ कोभासिक (चेल्सी) विरुद्ध लिभरपुल
७.विल्फ्रेड जाहा (क्रिस्टल प्यालेस) विरुद्ध नर्विच सिटी
८.क्रिस्टियानो रोनाल्डो (युनाइटेड) विरुद्ध टटनह्याम हटस्पर
९.मिगुएल अल्मिरोन (न्यूकासल युनाइटेड) विरुद्ध क्रिस्टल प्यालेस
१०.सन ह्युङ–मिन (टोटेनहम हटस्पर) विरुद्ध लेस्टर सिटी
 

Logo