आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गतको तेस्रो खेलमा भुटानले नेपाललाई ६७ रनको लक्ष्य दिएको छ ।
भुटानका लागि कप्तान चोडेन र सन्गए वाङ्मोले समान ११ रन बनाए। पेमा याङचेनले ९ रन जोडिन्। इभा सोमसेल याङजोमले ७, चाडो ओमले ६, सोनामले ५ रन बनाए।
नेपालका अनु कठायत, मनिषाकुमारी उपाध्याय र कप्तान कृतिका मरासिनीले समान दुई/दुई विकेट लिए। स्नेहा महराले एक विकेट लिइन्।
यसअघि पहिलो खेलमा कतारमाथि ७९ रनले जितेको नेपालले आफ्नो दोस्रो खेलमा शनिबार युएईसँग १० विकेटको लज्जास्पद हार भोगेको थियो। युएईविरुद्ध नेपाल ८ रनमै अलआउट भएको थियो।





























प्रतिक्रिया