नेसन्स कपमा आज बेल्जियम र पोल्याण्ड भिड्दै

नेसन्स कपमा आज बेल्जियम र पोल्याण्ड भिड्दै

केन्द्रबिन्दु
0
Shares

नेसन्स कप फुटबलमा आज राति बेल्जियम र पोल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ। सोही समूहको अर्को खेलमा वेल्स र नेदरल्यान्ड आमने सामने हुनेछन्। 

बेल्जियम र पोल्याण्डबीचको खेल नेपाली समय अनुसार राति साढे १२ बजे स्टाडियन नरोडोवी स्टेडियममा हुनेछ। जुन पोल्याण्डको घरेलु मैदान हो। लिग ए को समुह चारमा नेदरल्यान्ड र वेल्स पनि सोहि दिन एक अर्काको विरुद्व भिड्दैछन् । नेदरल्यान्ड र पोल्याण्डले आ–आफ्नो पहिलो खेलमा जित हात पारिसकेका छन् । 

बेल्जियम र पोल्याण्डबीच आजसम्म १९ पटक भेट भएको छ। त्यसमध्ये पोल्याण्डले ७ खेल जितेको छ भने दुई खेल बराबरीमा र ६ खेलमा हार भोगेको छ । पछिल्ला ५ खेलमध्ये २ वटामा पोल्याण्ड विजयी भएको थियो भने २ वटा बराबरीमा र एक खेलमा हार ब्यहोरेको छ।
    
हाल फिफा वरियतामा दोस्रो स्थानमा रहेको बेल्जियम सन् २०२१ को नेसन्स कपमा चौथो स्थानमा आएको थियो।  

५८ हजार घरेलु दर्शकअघि भ्रमणकारी टोली बेल्जियमलाई खेल्न सहज भने हुने छैन । खेलअघि भएको पत्रकार सम्मेलनमा बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले भने, “पछिल्लो खेल हाम्रा लागि झस्काउने खालको थियो । विश्वकपअघिको यस्तो खेलले हाम्रो क्षमतामाथि प्रश्न उठेको छ। हामीसँग भनिनको लागि मात्र होइन गरेर देखाउन सक्ने गोल्डेन जेनरेसन छ। हामीले यो पनि बिर्सनु हुँदैन कि पोल्याण्डले खेलेका पछिल्ला १० खेल मध्ये ७ खेल जितेको छ।"

Skip This
Skip This
Logo