नेसन्स कप :आज राति पोर्चुगल र स्विटजरल्यान्ड भिड्दै

नेसन्स कप :आज राति पोर्चुगल र स्विटजरल्यान्ड भिड्दै


नेसन्स कप फुटबलमा आज राति पोर्चुगल र स्विटजरल्यान्ड भिड्दै छन् । उनीहरुबिचको यो दोस्रो प्रतिस्पर्धा हो । पहिलो भेटमा ४-० को हार व्यहोरेको स्विटजरल्यान्डआजको खेलमा पुरानो हारको बदलालिनको लागि मैदान उत्रने छ । 

सोहीदिनलिग ए को सोहि समुहकोअर्को खेलमास्पेन र चेकरिपब्लिकआमने सामने हुनेछन्। पोर्चुगल र स्विटजरल्यान्डबीचको खेल नेपाली समय अनुसार राति साढे १२ बजे जेनेभा स्टेडियम मा हुनेछ । जुनस्विटजरल्यान्डको घरेलु मैदान हो । लिग ए को सोहि समूहमा अर्थात समुहदुईमा स्पेन र चेक रिपब्लिक पनि सोहीदिन एक अर्काको विरुद्धभिड्दै छन् ।

स्पेन र चेक रिपब्लिकआफ्नोपहिलो खेलमा २-२ को बराबरी खेल्दै अंकबाडेकाथिए । यो समुहमा पोर्चुगल तीन खेल खेल्दै २ माजित र एक खेलमा बराबरी गर्दै शिर्ष स्थानमा छ भने स्पेन पनि तीन खेल खेल्दै एक खेलमाजितरदुई खेलमा बराबरीअंकका साथ दोस्रो स्थानमा छ । चेक रिपब्लिकपनि एक जितका साथ तेस्रो र एक खेलमा पनि जित ननिकालेको स्विटजरल्यान्ड चौंथो स्थानमा छ ।

पोर्चुगल र स्विटजरल्यान्डबीच आजसम्म २४ पटक भेट भएको छ । त्यसमध्ये स्विटजरल्यान्डले १० खेल जितेको छ भने ९ खेलमा हार भोगेको छ । ५ खेलभने बराबरीमा टुंगिएको थियो । पछिल्ला ५ खेलमध्ये ३ मापोर्चुगल र २ मास्विटजर ल्यान्ड विजयी भएका थिए फिफा वरीयतामाआठौं स्थानमा रहेको पोर्चुगल सन् २०१६ को युरो र सन् २०१९ को नेसन्सकप विजेता हो । 

पहिलो ३ मध्ये २ खेलमा विजयीपोर्चुगल आजस्विटजरल्यान्डको घरेलु मैदान जेनेभामा ३० हजार स्विस समर्थक अघि खेल्दादुई खेलको जितको उत्साह सहितउत्रदास्विटजरल्यान्डआफ्नो पहिलो जितको खोजिमा हुनेछ । यताअर्को खेलका स्पेन पनिआफ्नो घरेलु समर्थक अघिपहिलो खेलको बराबरी बिपरीत आजको खेलमाजित्ननिकाल्नचाहन्छ । भने चेक पनिआजको खेल जित्दै प्रतियोगितामा आफ्नो स्थान सुरक्षित राख्न चाहन्छ । 

Logo