हरिस सेफेरोभिकले यूईएफए नेसन्स कपमा इतिहासमै सबैभन्दा चाँडै गोल गरेको खेलमा स्विट्जरल्यान्डले सोमबार राति पोर्चुगललाई १-० ले हराएको छ ।
कप्तान तथा सुपर स्टार क्रिष्टियानो रोनाल्डोविनै मैदान उत्रेको पोर्चुगलले पहिलो मिनेटकै ५५ सेकेण्डमा गोल खान पुगेको थियो। स्विटजरल्याण्डका लागि सो गोल सेफेरोभिकले गरेका थिए । स्विटजरल्यान्डका लागि त्यो गोल नै निर्णायक बन्यो ।
यससँगै स्विट्जरल्यान्डले अघिल्लो खेलमा पोर्चुगलसँग ४-० ले हारेको बदला लिन सफल भएको छ । यस्तै समूह-२ अन्तर्गतकै अर्को खेलमा घरेलु टोली स्पेन चेक रिपब्लिक विरुद्ध २-० ले विजयी भएको छ । स्पेनका लागि कार्लोस सोलरले २४औँ र पाब्लो सराबियाले ७५औँ मिनेटमा गोल गरे । योसँगै ४ खेलबाट ८ अंक जोडेको स्पेन समूहको शीर्षस्थानमा छ भने ७ अंक जोडेको पोर्चुगल दोस्रो, ४ अंक जोडेको चेक रिपब्लिक तेस्रो र ३ अंक जोडेको स्विटजरल्याण्ड चौथो स्थानमा छन्।
प्रतिक्रिया