जोकोभिचले गुमाए शीर्ष वरीयाता, एक नम्बरमा मेद्भेदेभ

जोकोभिचले गुमाए शीर्ष वरीयाता, एक नम्बरमा मेद्भेदेभ

केन्द्रबिन्दु
0
Shares

सन् २०११ देखि पुरुष टेनिसमा एकछत्र राज गर्दै आएका सर्वियाका नोभाक जोकोभिचले विश्व वरीयातामा एकै पटक २ स्थान गुमाएका छन् । पछिल्लो समय सार्वजनिक भएको विश्व वरीयाताको सूचीमा उनी तेस्रो स्थानमा झरेका हुन् । हालै भएको फ्रेन्च ओपन टेनिसमा जोकोभिच स्पेनका राफेल नाडालसँग पराजित हुँदै क्वार्टरफाइनलमै रोकिएका थिए । 

शीर्ष वरीयातामा रुसका ड्यानिएल मेदभेदेभ पुगेका छन् । फ्रेन्च ओपनमा  मारिन किलिकसँग पराजित हुँदै चौथो चरणमै रोकिए पनि ग्रास कोर्टका खेलमा २६ वर्षे मेदभेदेभको प्रदर्शन उल्लेख्य रह्यो । युक्रेनमाथिको आक्रमणका कारण रुसका खेलाडीलाई प्रतिवन्ध लागेपछि उनले केही ग्राण्डस्लाम भने गुमाएका थिए । 
दोस्रो स्थानमा जर्मनी अलेक्जेन्डर भेरेभ पुगेका छन् । फ्रेन्च ओपनको सेमिफाइनलमा राफेल नाडालसँग पराजित भएपनि २५ वर्षे भेरेभले नाडाललाई नै पछि पार्दै विश्व वरीयाताको दोस्रो स्थान ओटेका हुन् । नाडालले भने एक स्थान सुधार गरेका छन् । फ्रेन्च ओपनको उपाधिसँगै कीर्तिमानी २२औं ग्राण्डस्लाम उचालेका उनी पाँचौबाट चौथो स्थानमा उक्लिएका हुन् । 

पाँचौ स्थानमा फ्रेन्च ओपनका उपविजेता नर्वेका कास्पर रुड र छैठौं स्थानमा अर्जेन्टिनाका स्टेफानोस सिटसिपास छन् । नयाँ वरीयातामा मेदभेदेवको ७९५०, भेरेभको ७०७५, जोकोभिचको ६७७०, नाडालको ६५२५ र रुडको ५०५० अंक छ । 

महिला एकल तर्फ भने पोल्याण्डकी इगा स्वातेक शीर्ष स्थानमा कायम छन् । दोस्रो स्थानमा स्टोनियाकी एनेट कोन्टाभे, तेस्रोमा स्पेनकी पौला बडोसा, चौथोमा ट्युनिसियाकी वन्स जाबेउर र पाँचौमा बेलारुसकी आरिना साबलेन्का छन् । शीर्ष वरीयाताकी स्वातेकको ८६३१ अंक हुँदा दोस्रो स्थानकी कोन्टाभेको ४५११ अंक छ ।

Logo