पेरुलाई पराजित गर्दै अष्ट्रेलिया कतार विश्वकपमा छनोट

पेरुलाई पराजित गर्दै अष्ट्रेलिया कतार विश्वकपमा छनोट

केन्द्रबिन्दु
0
Shares

पेरुलाई पराजित गर्दै एसियाली मुलुक अष्ट्रेलिया कतार विश्वकप २०२२ मा छनोट भएको छ । 

सोमबार राति भएको खेलमा निर्धारित ९०  र अतिरिक्त ३० मिनेटमा कुनै गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो । जहाँ एसियाली पावर हाउस अष्ट्रेलियाले अन्तरमहादेशिय छनोटमा पेरुलाई पराजित गरेकाे हाे । पेनाल्टी समेत ४-४ को बराबरी भएपछि खेलको नतिजा सडन डेथमा भएको थियो । 

जहाँ अष्ट्रेलियाका भेट्रान गोलरक्षक आन्द्रे रेडमायने नायक बने । ३३ वर्षिय खेलाडीले पेरुका एलेक्स भालेराको पेनाल्टी बचाए । 

यससँगै एसियाबाट जापान, साउदी अरविया, दक्षिण कोरिया, इरान, अष्ट्रेलिया र कतार गरि ६ टिमले विश्वकपमा सहभागीता जनाउने भएका छन् ।  

Logo