विश्वकप लिग-२ः आज नेपाल ओमानविरुद्व उत्रँदै, नेपाललाई पहिलो हारको बदला लिने मौका

विश्वकप लिग-२ः आज नेपाल ओमानविरुद्व उत्रँदै, नेपाललाई पहिलो हारको बदला लिने मौका

केन्द्रबिन्दु
0
Shares

आइसीसी विश्वकप क्रिकेट लिग-२ का लागि अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (मंगलबार) आफ्नो तेस्रो खेलमा ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। 

पियरल्यान्डस्थित मुसा क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ। ओमानविरुद्ध मैदान उत्रिँदा नेपाली टिम पहिलो खेलमा बेहोरेको हारको बदला लिने लक्ष्यमा हुनेछ।

आजको खेलसँगै ओमान विश्वकप क्रिकेट लिग-२ मा सबै खेल खेल्ने पहिलो टिम बन्ने। नेपालले भने हालसम्म १४ खेल खेलेको छ। नेपालले हालसम्म ओमानसँग पाँच खेल खेलेको छ। जसमध्ये ओमानले चार खेल जित्दा एक खेलको नतिजा मात्र नेपालको पक्षमा छ।

यसअघि त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो। यस्तै, दोस्रो खेलमा भने नेपाल र अमेरिकाबीचको खेल ‘टाइ’ भएको थियो।

तालिकाको शीर्ष स्थानमा रहेको ओमानले ३५ खेलबाट ४४ अंक जोडेको छ। यस्तै, १४ खेलबाट १३ अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ।

शृंखलामा नेपालले असार १ गते घरेलु टिम अमेरिकाविरुद्ध अन्तिम खेल खेल्नेछ।

Logo