करण केसी बने ‘म्यान अफ द सिरिज’

करण केसी बने ‘म्यान अफ द सिरिज’

केन्द्रबिन्दु
0
Shares

आईसीसी क्रिकेट विश्वकप लिग–टु अन्तर्गत अमेरिकामा भएको त्रिकोणात्मक शृङ्खलामा नेपालका बलिङ अलराउन्डर करण केसी प्लेयर अफ द सिरिज घोषित भएका छन् ।अमेरिकाविरुद्ध अन्तिम खेलमा ३ विकेट लिएका करणले करणले शृंखलाका चार खेलमा १३ विकेट लिए । उनले ओमान विरुद्धका दुवै खेलमा ५—५ विकेट लिएका थिए । नेपालका लागि आरिफ शेखले सबैभन्दा धेरै ६३ रन बनाए । उनलाई पछ्याउदै सोमपाल कामीले ४७ रन जोडे ।
लिग टु को अंक तालिकामा नेपाल पाँचौं स्थानमा रहेको छ । नेपालले १६ खेलमा १५ अंक जोडेको छ । अमेरिका २४ खेलमा २३ अंक जोडेर चौंथो स्थानमा रहेको छ । यस्तै शिर्ष स्थानमा ओमान ३६ खेलमा ४४ अंकका साथ पहिलो स्कट्ल्याण्ड २० खेलमा २८ अंकका साथ दोस्रोमा छ । 

Logo