टी-२० च्याम्पियनसिपमा बहराइनलाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

टी-२० च्याम्पियनसिपमा बहराइनलाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

केन्द्रबिन्दु
0
Shares

एसीसी महिला टी–२० च्याम्पियनसिपमा बहराइनलाई नेपालले ८ विकेटले  पराजित गरेको छ । वर्षाका कारण ७ ओभरमा झारिएको खेलमा बहराईनले ६ विकेटको क्षतिमा १४ रन बनाएको थियो ।  १५ रनको लक्ष्य नेपालले ३ ओभरको चौथो बलमा दुई विकेट गुमाउँदै आफ्नो लक्ष्य भेट्टाएको हो ।

नेपालका लागि सिता राना मगरले चार तथा कविता जोशीले ३ रन बनाउँदा ८ रन अतिरिक्त पाएको थियो । बहराइनका लागि पविथ्रा सेट्टी र भिल्सिता बर्बोजाले समान एक-एक विकेट लिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको बहराइनले १४ रन बनाएकाे थियाे । बहराइनका लागि इसारा सुहुनले सर्वाधिक ६ रन बनाइन्ए । नेपालका लागि बलिङतर्फ कविता कुँवर र सवनम राईले दुई-दुई विकेट लिइन् ।

यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ५० रन र दोस्रो खेलमा कुवेतलाई २५ रनले हराएको थियो ।

लिगकाे अन्तिम खेलमा नेपालले अब हङकङ्सँग खेल्नेछ । समिफाइनलमा स्थान बनाएका यी दुईबीचकाे विजेताले समूह विजेता र उपिवजेताकाे टुंगो लाग्नेछ । 


  
 

Logo