किराँत-राई खेलकुद संघको राष्ट्रिय सम्मेलन खोटाङमा हुने

किराँत-राई खेलकुद संघको राष्ट्रिय सम्मेलन खोटाङमा हुने

केन्द्रबिन्दु
0
Shares

किराँत-राई खेलकुद संघ केन्द्रीय समितिको तेस्रो राष्ट्रिय सम्मेलन खोटाङमा हुने भएको छ ।

किराँत-राई खेलकुद संघ खोटाङको संयोजन र व्यवस्थापनमा असार २१ र २२ गते दिक्तेलमा संघको तेस्रो राष्ट्रिय सम्मेलन गर्न लागिएको हो । किराँत-राई खेलकुद संघ जिल्ला कार्य समितिले पत्रकार सम्मेलन गर्दै संघको केन्द्रीय समितिको राष्ट्रिय सम्मेलन ऐतिहासिक किरात थाँतथलो (हेत्छाकुप्पा-रैछाकुले) भूमि खोटाङमा आयोजना गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

१३ औं सागमा पदक जित्ने २९ किराँती खेलाडीलाई राष्ट्रिय सम्मेलनको अवसरमा नगदसहित सम्मान गर्ने तयारी गरिएको किराँत राई खेलकुद संघका केन्द्रीय सदस्य सञ्जयकुमार राईले बताए ।

Logo