महिला टी २० च्याम्पियनसिप : फाइनल प्रवेशका लागि भोलि नेपाल र युएई भिड्दै

महिला टी २० च्याम्पियनसिप : फाइनल प्रवेशका लागि भोलि नेपाल र युएई भिड्दै

केन्द्रबिन्दु
0
Shares

मलेसियामा जारी एसीसी महिला टी-२० च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले बलियो टोली संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्ने भएको छ । नेपाल र यूएईबीचको खेल शुक्रबार बिहान किनरारा स्टेडियममा ८ बजेर १५ मिनेट जादा सुरु हुनेछ ।  

नेपाल समूह ‘बी’को उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको हो । नेपालले चार खेलमा ६ अंक जोड्यो । लिग चरणका खेलमा नेपालले भुटानलाई ५० रन, कुवेतलाई २५ रन र बहराइनलाई आठ विकेटले पराजित गरेको थियो ।  मलेसियाको किनरारा ओभलमा बुधबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा कतारलाई हराउँदै यूएई समूह विजेता बनेको हो । नेपाल युएईलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ ।

यूएईले चार खेलमा सात अंक जोड्यो । चार खेलमा ६ अंक जोडेको घरेलु टोली मलेसिया समूहको उपविजेता बन्यो । 
नेपाली टोलीमा (कप्तान) रुबिना क्षेत्री, इन्दु बर्मा, सीता रानामगर, ज्योति पाण्डे, काजल श्रेष्ठ, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, डोली भट्ट, सबनम राई, संगीता राई, अस्मिना कर्माचार्य, मनिषा उपाध्याय, बिन्दु रावल र ममता चौधरी छन् ।
 

Logo