क्यानडा टुर र लिग–२ का लागि क्रिकेट टोली घोषणा

क्यानडा टुर र लिग–२ का लागि क्रिकेट टोली घोषणा

केन्द्रबिन्दु
0
Shares

नेपालले क्यानडासँग २ एक दिवसीय शृङ्खला खेल्ने छ । नेपाली टिम खेलका लागि असार १४ गते क्यानडा उड्ने गरी टिकटको व्यवस्थापनमा लागेको नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दासले बताए ।

लिग–२ का लागि अमेरिका भ्रमण गरेको टिमबाट सुनिल धमला, सुशन भारी र सागर ढकाल टिम बाहिर परेका छन् । बसिर अहमद र पवन सर्राफ भने टिममा अटाएका छन् ।
टोलीका अन्य सदस्यहरुमा उपकप्तान रोहित पौडेल, कुशल भुर्तेल, विकेट किपर आसिफ शेष, देव खनाल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेष, करन केसी, सोमपाल कामी, आदिल अन्सारी, किशोर महतो र विनोद भण्डारी छन् ।

नेपालले असार १७ मा ओन्टारियोसँग एक दिवसीय अभ्यास खेल खेल्नेछ । त्यस्तै, नेपालले क्यानडासँग असार २० र २१ गते गरी दुईवटा खेल खेल्ने तालिका छ । नेपालले आईसीसी लिग २ अन्तर्गत स्कटल्याण्डमा हुने शृङ्खला अघि तयारी स्वरुप यो खेल खेल्न लागेको हो ।

Logo