टेस्ट क्रिकेट: न्युजिल्यान्डबिरुद्द इङ्ल्यान्डको ‘क्लिनस्विप’

टेस्ट क्रिकेट: न्युजिल्यान्डबिरुद्द इङ्ल्यान्डको ‘क्लिनस्विप’


इंग्ल्याण्डले तेस्रो टेस्ट क्रिकेटमा न्यूजिल्याण्डलाई ७ विकेटले हराउँदै तीन टेस्ट शृंखलामा ‘क्लिन स्विप’ गरेको  छ ।

जितको लागि अन्तिम तथा तेस्रो खेलमा २ सय ९६ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले ५४.२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । इंग्ल्यान्डको जितमा जो रुटले १ सय २५ बलमा ११ चौका र १ छक्कासहित ८६ रनमा अविजित इनिङ खेले । न्युजिल्यान्डका डारेल मिचेल र जो रुट संयुक्त रुपमा प्लेयर अफ द सिरिज चुनिए । 

यसअघि इङग्ल्यान्डले पहिलो टेस्ट पाँच विकेट र दोस्रो टेस्ट पनि पाँच विकेटले नै जितेको थियो । तीन खेलको टेस्ट क्रिकेट शृङ्खलाका लागि न्युजिल्यान्ड इङग्ल्यान्ड भ्रमणमा आएको हो । 
 

Logo