आयरल्याण्ड विरुद्ध भारतको ‘क्लिन स्विप’

आयरल्याण्ड विरुद्ध भारतको ‘क्लिन स्विप’


आयरल्याण्डविरुद्वको टी-२० सिरिज भारतले आफ्नो पक्षमा पारेको छ ।

गएराति सम्पन्न दोस्रो तथा अन्तिम खेलमा चार रनको रोमाञ्चक जित दर्ता गर्दै भातले सिरिज २-० ले आफ्नो पक्षमा पारेको हो । पहिलो खेल भारत सात विकेटले जितेको थियो । दोस्रो खेलमा २२६ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२१ रनमा समेटियो । यसका लागि आयरल्यान्डका कप्तान एन्ड्री बलबर्नीले ६० रन जोडे ।  

पउल स्टर्लिङले ४० रन बनाए । ह्यारी टेक्टरले ३९ रनको योगदान गरे । यसअघि डल्बिनमा टस जितेर पहिला ब्याटिङ थालेको पाहुना टोली भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २२५ रनको योगफल तयार पार्‍यो । भारतका दीपक हुडाले आक्रामक ब्याटिङ गर्दै  ५७ बलमा १०४ रन बनाए । यस्तै, सञ्जु स्यामसनले  ७७ रन जोडे । घरेलु टोली आयरल्यान्डका मार्क आदिरले सर्वाधिक ३ विकेट लिए । 

Logo