महिला ओपन गल्फ प्रतियोगिता सम्पन्न

महिला ओपन गल्फ प्रतियोगिता सम्पन्न

केन्द्रबिन्दु
0
Shares

मुलुकमै पहिलोपटक आयोजित महिला ओपन गल्फ प्रतियोगिता सम्पन्न भएको छ । 

प्रतियोगिताका विजेता खेलाडीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पदक र पुरस्कार प्रदान गरिन । रोयल नेपाल गल्फ क्लबमा शनिवार आयोजित प्रतियोगितामा सुस्मा सिग्देल विजेता बनिन । विजेता सिग्देललाई राष्ट्रपति भण्डारीले स्कुटरसहित पदक र प्रमाणपत्र प्रदान गरेकी थिइन । 

यस्तै काश्मिरा शाह उपविजेता भइन । काश्मिराले सर्वाधिक ३ बर्डिज प्रहार गरेर मष्ट वर्डिज विधाको पुरस्कार प्राप्त गरिन ।

यसैगरी सिनियरतर्फ ३७ स्कोरसहित रेखा घिमिरे च्याम्पियन बनेकी थिइन । सो प्रतियोगितामा कल्याणी मोक्तानले दोस्रो स्थान हासिल गरिन ।
 लेडी क्याप्टेन आरसिया बानु, नेपालका नम्बर एक महिला गल्फर प्रतिमा शेर्पा र सञ्चारकर्मी सरिता श्री ज्ञवालीले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा विजेतालाई स्कुटरसहित उपहार प्रदान गरिएको थियो । यसैगरी उपविजेतासहित विभिन्न विधाका खेलाडीलाई साइकल, टर्किस एयरलाइन्सबाट हवाई टिकट लगायत आकर्षक पुरस्कार प्रदान गरिएको थियो ।

प्रमुख अतिथि राष्ट्रपति भण्डारीले पहिलेदेखि खेलिदै आएको यो गल्फ खेलको प्रवद्र्धनका लागि राज्यको सम्बद्ध निकायले उचित समन्वय गर्नुपर्ने धारणा राखे । गल्फ खेलाडी समेत रहनुभएका कार्यक्रमका विशेष अतिथि सपना मल्ल प्रधानले यो खेलले शारिरिक मात्र नभै सामाजिक, मानसिक रुपमा समेत लाभदायी हुने बताइन । 

Logo