अभ्यास खेलमा नेपालले क्यानाडाको ओन्टारियो क्रिकेट क्लबलाई ५५ रनले हराएयो

अभ्यास खेलमा नेपालले क्यानाडाको ओन्टारियो क्रिकेट क्लबलाई ५५ रनले हराएयो

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ ।

आइतबार राति भएको खेलमा नेपालले क्यानाडाको ओन्टारियो क्रिकेट क्लबलाई ५५ रनले हराएको हो । अघिल्लो एकदिवसीय अभ्यासमा नेपालले ओन्टारियोलाई ६९ रनले हराएको थियो । टी-२० मा २१० रनको लक्ष्य पछ्याएको ओन्टारियोले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १५४ रन मात्र बनाउन सक्यो । ओन्टारियोका  लागि भरुण सेहदेवले ५० रनको अर्धशतकीय पारी खेले भने नरेश बुढाऐरले ४१, जाडे पाडेमोरले ३७ रन बनाए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २ सय ९ रन बनाएको थियो । नेपालका लागि रोहित पौडेल ७१ रनको योगदान दिए भने र दीपेन्द्र सिंह ऐरीले ५४ रनको अर्धशतकीय पारी खेले । यस्तै, पवन सर्राफले ३७, देव खनालले २० रन जोडे ।

नेपालले अब भोलि र पर्सि क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ । क्यानडापछि नेपाली टिम आइसिसी विश्वकप लिग(२ अन्तर्गत  त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्याण्ड प्रस्थान गर्नेछ । जहाँ नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित सिरिज जुलाई १० देखि १७ सम्म हुनेछ ।

Logo