डर्टमण्ड पराजित

डर्टमण्ड पराजित

केन्द्रबिन्दु
0
Shares

जर्मन बुन्डेसलिगा फुटबलमा उपाधि डर्टमण्ड पराजित भएको छ । शुक्रबार राति भएको खेलमा डर्टमण्ड बोरुसिया मोन्चेनग्लाडवाकसँग ४-२ गोल अन्तरले पराजित भएको हो ।

खेलको ११ औं मिनेटमा निको इल्भेदीले गोल गर्दै खेल घरेलु टोलीलाई अग्रता दिलाएका थिए । खेलको २२ औं मिनेटमा हालाण्डले गोल गर्दै डर्टमण्डलाई १-१ गोलको बराबरीमा फर्काए ।

हालाण्डले २८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि डर्टमण्डले २-१ को अग्रता बनायो । तर, खेलको ३२ औं मिनेटमा निकोले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई २-२ को बराबरीमा फर्काए ।

खेलको ४९ औं मिनेटमा रामे बेन्सेबानीले गोल गर्दा मोन्चेनग्लाडवाक ३-२ ले अघि रह्यो । त्यसपछि खेलको ७८ औं मिनेटमा मार्कुस थुरमले गोल गर्दा मोन्चेनग्लाडवाक ४-२ ले विजयी भयो ।

 

Logo