रोजनले अन्तर्राष्ट्रिय खेलमा नेपालको प्रतिनिधित्व गर्ने

रोजनले अन्तर्राष्ट्रिय खेलमा नेपालको प्रतिनिधित्व गर्ने

केन्द्रबिन्दु
0
Shares

मोरङ सुन्दरहरैंचा नगरपालिका दुलारी डोजोका  रोजन खड्काले थाइलैन्ड ओपन कराँते प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउने भएका छन ।

शुक्रबार सुन्दरहरैंचा नगरपालिकाले रोजनलाई  सफलताको शुभकामना दिँदै बिदाइ गरेको छ । प्रतियोगिता थाइल्यान्डमा १९ अगष्टमा हुने छ । रोजन बन्द प्रशिक्षणमा जानु पर्ने र खेलको लागी तयारी गर्न काठमाडौं बस्नु पर्ने भएकाले नगरले सम्मान तथा शुभकामना कार्यक्रम मार्फत बिदाई गरेको हो ।
रोजन अफिसियल प्रतियोगिता अन्तर्गत कृष्णप्रसाद भट्टराई राष्ट्रिय कराँते प्रतियोगितामा च्याम्पियन भई स्वर्ण पदक जितेका खेलाडी हुन् ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उनी कास्य पदक विजेता रहेका छन । उनी १३ औँ सागको प्रशिक्षणमा समेत छनोट भएका थिए । उनले भारतको राजस्थान, गुहाटी, कलकत्ता, पञ्जाब, विशाखपटनाका प्रतियोगितामा स्वर्ण पदक हात पारेका थिए । उनी १९ औँ एशियाली खेलकुद प्रतियोगिताका लागि पनि छनोट भएका छन् ।

बिदाई र बधाई कार्यक्रममा नगर प्रमुख केदारप्रसाद गुरागाईले नगरको नाम राष्ट्र देखि अन्तर्राष्ट्रियसम्म पुर्याएकोमा रोजनलाई धन्यवाद दिदै नगरको तर्फबाट ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् । 

उनले देशको शान राख्न सफल भएका खेलाडीलाई सधै सम्मान गर्ने बताए । यहाँबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन सक्ने खेलाडी उत्पादन हुनु गौरवको विषय भएको भन्दै गुरागाईले स्वर्ण पदक जितेर आउन शुभकामना दिए ।

 

Skip This
Skip This
Logo