साफ यू–२०ः उपाधि जित्ने नेपालको दाबी

साफ यू–२०ः उपाधि जित्ने नेपालको दाबी

केन्द्रबिन्दु
0
Shares

भारतमा आयोजना हुन लागेको साफ यू–२० च्याम्पियनसिपमा नेपाली युवा टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले आफ्नो टोलीले उपाधि जित्ने दाबी गरेका छन् । 

भुवनेश्वरमा आइतवार भएको प्रि–म्याच कन्फ्रेन्समा प्रशिक्षक केसीले नेपाली टोलीको सम्पूर्ण तयारी पूरा भएको र उपाधि जित्नेमा विश्वस्त रहेको बताए ।कोरोना महामारीका कारण पछिल्लो २ वर्षदेखि उमेर समूहका प्रतियोगिता नभएका कारण यसपटक मुख्य प्रशिक्षक मेघराज केसीले खुला प्रतिष्पर्धाबाट युवा टोली तयार गरेका हुन् । प्रतियोगिताका लागि टोलीले २ महिनादेखि तयारी गरेको  र यस टोलीबाट आपूm धेरै आशावादी रहेको उनको भनाइ छ । 

प्रि–म्याच कन्फ्रेन्समा कप्तान आयुष घलानले प्रतियोगिताका लागि आफ्नो टोली तयार भएको बताउँदै माल्दिभ्सविरुद्ध हुने पहिलो खेलमा ३ अंकका लागि खेल्ने दाबी गरे ।  प्रतियोगिताको उद्घाटन खेलमा नेपालले साेमबार माल्दिभ्ससँग खेल्नेछ । भुवनेश्वरको कालिंगा रंगशालामा हुने खेल नेपाली समय अनुसार अपराह्न सवा ४ बजे सुरु हुनेछ । 

उता पहिलो प्रतिद्वन्द्वीका रुपमा नेपालविरुद्ध मैदान उत्रिन लागेको माल्दिभ्साका प्रशिक्षक अहमद शाकिरले नेपाली युवा टोली आफ्ना लागि नौलो रहेकाले खेल्न कठिन हुने बताए । उनले आफ्ना अधिकांश खेलाडी माल्दिभ्सको शीर्ष श्रेणीको लिग खेलिरहेको कारण नतिजा आफ्नो पक्षमा आउने विश्वास व्यक्त गरे । 

यसअघि १९ र १८ वर्षको उमेर समूहमा हुँदै आएको यस प्रतियोगिता यस पटक २० वर्ष मुनिको उमेर समूहमा हुन लागेको हो । प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेल श्रीलंकासँग साउन ११, भारतसँग साउन १५ र बंगलादेशसँग साउन १७ गते प्रतिस्पर्धा गर्नेछ । राउण्ड रोविन लिगपछि तालिकाको शीर्ष दुई टोलीबीच साउन २० गते उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । 

Skip This
Skip This
Logo