नेपालको विजयी सुरुवात

नेपालको विजयी सुरुवात

केन्द्रबिन्दु
0
Shares

नेपालले भारतमा सुरु साफ यू-२० च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ । 

भुवनेश्वरमा सोमबार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरमा पराजित गर्‍यो ।

माल्दिभ्सविरुद्ध नेपाललाई सहज जित दिलाउन दिपेश गुरुङ, सुगम सुवाल, कृतिस रन्त छुन्जु र मनग्य नकर्मीले  गोल गरे ।

पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा तीन गोल थपेको थियो ।

४२ औं मिनेटमा दिपेशको गोलबाट नेपालले अग्रता बनाएको थियो । ५८ औं मिनेटमा सुगम र ६२ औं मिनेटमा कृतिसले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई ३ ० को अग्रता दिलाएका थिए । दोस्रो हाफको अन्तिम सेकेन्डमा मनग्यले गोल गरेपछि नेपाल पहिलो खेलमा नै ३ अंक बटुल्न सफल भयो । 

नेपालले आफ्नो दोस्रो खेलमा बुधबार श्रीलंकासँग खेल्नेछ । 

Skip This
Skip This
Logo