पेरिस ओलम्पिक २०२४ को तयारीका लागि १० खेलाडीलाई छात्रवृत्ति प्रदान गरिने

पेरिस ओलम्पिक २०२४ को तयारीका लागि १० खेलाडीलाई छात्रवृत्ति प्रदान गरिने

केन्द्रबिन्दु
0
Shares

नेपाल ओलम्पिक कमिटिले पेरिस ओलम्पिक २०२४ को तयारीका लागि १० खेलाडीलाई छात्रवृत्ति दिने भएको छ । कमिटिले पहिलोपल्ट छात्रवृत्ति योजनामा डान्स स्पोर्ट्सलाई समेटेको छ । 
डान्स स्पोर्ट्समा दिपक लामा, ब्याटमिन्टनमा प्रिन्स दाहाल, भारात्तोलनतर्फ सागर भण्डारी, जुडोतर्फ मनिता श्रेष्ठ प्रधान, फेंसिङतर्फ पायास योन्जन र पौडीतर्फ नासिर हुसेनको नाम समेटिएको छ । यस्तै सुटिङतर्फ सुस्मिता नेपाल, तेक्वान्दो तर्फ युनिसा राई, गल्फका सुवास तामाङ र टेवल टेनिसतर्फ सम्युक पालको नाम सिफारिस गरिएको महासचिव मिनेन्द्रराज श्रेष्ठले जानकारी दिए । 

छात्रवृत्ति अन्तर्गत प्रत्येक खेलाडीले मासिक ७ सय ५० अमेरिकी डलर पाउने बताइएको छ । ओलम्पिक कमिटिले सम्बन्धित संघसँगको समन्वयमा इन्टरनेसनल फेडरेसनलाई नाम सिफारिस गरेको र उनीहको नाम अनुमोदन भएपछि ओलम्पिक कमिटिले हरेक महिना ७ हजार ५ सय डलर पाउने छ । पहिला ४–४ वर्षका लागि उपलव्ध छात्रवृत्ति यस पटक तीन वर्षका लागि मात्रै प्राप्त भएको छ । जस अनुसार २०२२ जुलाई २२ देखि खेलाडी यो योजनामा समावेस हुनेछन ।   

Logo