कहाँ छन् क्रिकेटर सन्दीप ?

कहाँ छन् क्रिकेटर सन्दीप ?

केन्द्रबिन्दु
0
Shares

क्रिकेटर सन्दीप लामिछानले सामाजिक सञ्जालमा प्राय क्रिकेट कै बिषय राख्ने गर्छन । कहिले खेल अवधिको आफ्नो तस्विर राख्छन त कहिले खेलकै बारेमा आफ्ना फ्यानहरुलाई जानकारी दिन्छन ।

उनले यो पटक आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफ्नो स्टाइलिस लुक देखाएका छन । उनी ब्लाक आउटवेयरमा छन । खेल मैदानमा सामान्य देखिने उनी कालो चस्मा, कालो जम्पर, कालो पाईन्टसंगै सेतो घडि र ब्रायस्लेट पहिरेर स्टाइलिस ब्लाक ह्याड्सम देखिन्छन ।

उनले आफ्नो तस्विर इन्स्टामा राख्दै क्याप्सनमा लेखेका छन , अप्रत्यासित दृश्य । कहाँ छु ?  पत्ता लगाउनुस ।
उनको यो तस्विर फ्यानहरुबाट निकै मन पराईएको छ । उनले स्थान पत्ता लगाउन भनेर लेखेको प्रश्नको जवाफ रमाईला छन । फ्यानहरुबाट आउने प्रतिक्रया जारी छ । धेरै महिला फ्यानहरुबाट तिमी मेरो मुटु भित्र छौ भनेर कमेन्ट आएको छ ।

Logo