साफ यू-२० च्याम्पियनसिप : नेपाल र भारत भिड्दै

साफ यू-२० च्याम्पियनसिप : नेपाल र भारत भिड्दै

केन्द्रबिन्दु
0
Shares

साफ यू-२० च्याम्पियनसिप फुटबलमा नेपालले आज आइतबार तेस्रो खेलमा साविक विजेता भारतसँग खेल्दैछ । 

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले बलियो घरेलु टोली भारतको सामना गर्नेछ। नेपाल र भारतबीचको खेल बेलुका सवा सात बजे सुरु हुनेछ । भारतविरुद्ध मैदान उत्रदा नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ । तर, बलियो भारतविरुद्ध नेपाललाई जित निकाल्न सहज छैन ।

पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले हराएको थियो । यस्तै दोस्रो खेलमा नेपालले श्रीलंकालाई ३-० गोल अन्तरले हराएको थियो। नेपाल २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। यदि भारतलाई हराएमा नेपाल शीर्ष स्थानमा उक्लनेछ । भारत पनि नेपाललाई हराएर दोस्रो जित निकाल्न चाहन्छ । 

भारत २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । फाइनलमा स्थान बनाउन भारतलाई नेपालविरुद्धको खेल जित्नुपर्ने दबाब रहेको छ । ५ राष्ट्र सहभागी च्याम्पियनसिपको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । नेपालले आफ्नो अन्तिम खेलमा बंगलादेशसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ ।

Skip This
Skip This
Logo