दुई पटक स्थगित एन्फा कार्यसमिति बैठक २६ गतेलाई बोलाइयो

दुई पटक स्थगित एन्फा कार्यसमिति बैठक २६ गतेलाई बोलाइयो

केन्द्रबिन्दु
0
Shares

दोस्रो पटक स्थगित अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक २६ साउनमा बोलाइएको छ ।

पछिल्लो समय भागबन्डा नमिलेपछि स्थगित हुँदै आएको बैठक तेस्रो पटकसमेत विभिन्न पदाधिकारी नियुक्तिमै रहनेछ ।  एन्फा स्रोतका अनुसार अघिल्लो १९ एजेन्डामै बैठक हुने बताइएको छ । 

पंकज बिक्रम नेम्बाङ अध्यक्षमा निर्वाचित भएपछी तेस्रो पटकलाई कार्यसमिति बैठक बोलाइएको हो ।  तर, दुबै बैठक स्थगित भएका थिए । 
गत २ साउनमा बोलाइएको पहिलो बैठकमा अध्यक्ष नेम्बाङ अस्वस्थ भएपछि  स्थगित भएको थियो । यस्तै, ४ साउनमा बोलाइएको बैठक एजेन्डामा प्रवेश नगर्दै स्थगित भएको थियो । तर, नियुक्तिका बिषयमा कुरा नमिल्दा बैठक रोकिएको थियो ।

बैठक एजेन्डामा बिबादित नेपाल सुपर लिग (एनएसएल) देखि विभिन्न पदाधिकारी  सिइओ, प्रवक्ता, उपमहासचिब, तीन सहमहासचिब, मानार्थ अध्यक्ष  नियुक्ति रहेको छ । यस्तै, सहिद स्मारक लिग लगायत रहेको छ । 

Skip This
Skip This
Logo