काठमाडौं । त्यतिबेला नेपालमा डिपार्टमेन्ट स्टोरको संस्कृति भर्खर बामे सर्न थाल्दै थियो। काठमाडौँ, पोखरालगायत सीमित सहरमा भाटभटेनी, ब्लुबर्ड, सेलवेजजस्ता सुपरस्टोर खुलेका थिए। तर, ती स्टोरमा पनि कम्प्युटराइज्ड बिलिङ थिएनन्। त्यही अभाव पूर्ति गर्ने सपना देखे राजेन्द्र शाक्य र सगुनबहादुर ताम्राकारले। र, २६ वर्षअघि दुई वटा साना कोठामा दुई वटा पुराना डेस्कटप कम्प्युटर राखेर सुरु गरे–…