टेलिकमले सुरु गर्याे ‘एनटी च्याटबोट’
नेपाल टेलिकमले विभिन्न सेवाको जानकारी दिन ‘एनटी च्याटबोट’ सेवा सुरु गरेको छ ।
नेपाल टेलिकमले विभिन्न सेवाको जानकारी दिन ‘एनटी च्याटबोट’ सेवा सुरु गरेको छ ।
हिमाली जिल्ला सोलुखुम्बुमा फोर जी सेवा पुनः सञ्चालनमा आएको छ । जिल्लामा निर्माण हुने ३८ वटा फोर लेग टावरमध्ये छ वटा पुनःसञ्चालन भएको नेपाल टेलिकमको कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
विभिन्न सङ्घसंस्था, कार्यालय वा सङ्गठित संस्था तथा व्यक्तिले एकैपटक धेरै मोबाइल नम्बरमा एउटै सन्देश (एसएमएस) पठाउनु पर्ने आवश्यकतालाई सम्बोधन गर्न नेपाल टेलिकमले एसएमएसमा आधारित विभिन्न सेवा उपलब्ध गराउने भएको छ ।
सामाजिक सुरक्षा कोषमा सूचीकृत भएर नियमित योगदान गरिरहेका योगदानकर्ताले नागरिक एपमार्फत कोषले प्रदान गर्ने सम्पूर्ण सेवा मोबाइलबाटै लिनसक्ने भएका छन् ।
काठमाडौं । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’ प्रति प्रयोगकर्ताको आकर्षण देखिएको छ ।
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिको मानव जीवनमा पार्ने प्रभाव र प्राविधिक उद्यमशिलताको अवस्थाको विषयमा केन्द्रीत पिबिएस आइटी करियर कनक्लेभ काठमाडौंमा आयोजना हुने भएको छ ।
काठमाडौं । सरकारले गत कात्तिक ८ गतेदेखि नेपालमा सञ्चालित विदेशी टेलिभिजन च्यानल पूर्णरुपमा विज्ञापनरहित (क्लिन फिड) लागू भएपछि रोकिएका च्यानल पुनः सञ्चालनमा आएका छन् ।
काठमाडौं । फेसबुकबाट चिनजानपछि बसेको माया प्रेमले जीवनमा कहिल्यै नभुल्ने चोट देला भनेर शुक्लाफाँटा नगरपालिका–४ की ताराले कहिल्यै पनि सोच्नुभएको थिएन ।
काठमाडौं । संसारभरि आज विश्व टेलिभिजन दिवस मनाइँदैछ । यस अवसरमा विशेष गरेर टेलिभिजनको उपयोगिता र यसका नयाँ चुनौतीका बारेमा छलफल कार्यक्रमको आयोजना गरिएको छ ।
काठमाडौं । सामाजिक सञ्जालमार्फत पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाको गाली बेइज्जती हुने सामग्री पोष्ट गरेका केदारमान भण्डारीलाई साइबर अपराधको मुद्दा लगाउने तयारी प्रहरीले गरेको छ ।
यस वर्ष सञ्चालित ‘ग्लोबल इ–कम्पिटिसन अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स्’ मा नेपालले दुईवटा ‘अनरेबल मेन्सन अवार्ड’ जितेको छ । नेपालका लागि सेन्ट जेभियर्स कलेज, माइतीघरका राहुलरञ्जन साह तथा क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर, कोटेश्वरका अंशुराज सेढाईले ‘अनरेबल मेन्सन अवार्ड’ प्राप्त गरेको नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।
काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले कोरोना संक्रमणको स्थितिलाई मध्यनजर गर्दै रोबोट निर्माण गरेको छ । नास्टले सोमबार एक कार्यक्रम गरी उक्त रोबोट सार्वजनिक गरेको छ ।
हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटस्थित नेपाल टेलिकम शाखा कार्यालयमा पहिलो पटक भिस्याट सेवा जडान गरिएको छ । जिल्लामा हिउँद याममा नियमित हिउँ पर्ने हुँदा टेलिकमको रेडियो लिंक बिग्रने भएकाले शुक्रबार भिस्याट गरिएको छ ।
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले भूकम्प प्रभावित ११ जिल्लामा निःशुल्क रुपमा वितरण गर्दै आएको इन्टरनेट प्रयोगमा अब शुल्क लाग्ने भएको छ । दुई वर्षका लागि प्राधिकरणले इन्टरनेट सेवा नपुगेका स्थानीय निकायमा इन्टरनेट पुर्याउने योजनासाथ ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गरेको थियो ।
काठमाडौं । अनलाइन प्रणालीबाट राजश्व निर्धारण तथा सङ्कलन कार्य शुरु गरेको एक महिना बित्न नपाउँदै काठमाडौं महानगरपालिकाले रु ६ करोड ७५ लाख असुल गरेको छ ।
अनलाइन पेमेन्ट गेटवे कम्पनी इ-सेवाले आफ्ना ग्राहकलाई पासवर्ड परिवर्तन गर्न आग्रह गरेको छ। इसेवामा रजिस्टर गरिएकाे माेबाइलमा एसएमएस वा इमेलमा प्राप्त टाेकन राखि पासवर्ड परिवर्तन गर्न आग्रह गरेको हो ।
काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणका कारण अनलाइनबाटै शिक्षा लिइरहेका बालबालिका पटक पटक बत्ती जाँदा हैरान हुने गरेका छन् । राजधानीको उत्तरपूर्वी भेगमा एक हप्तामा चार दिनसम्म दिनभर बत्ती जाँदा पढ्न नपाएको भनी बालबालिकाले गुनासो गरेका छन् ।
काठमाडौं । बन्दाबन्दी र निषेधाज्ञा कारण करिब छ महिना ठप्प भएको अप्टिकल फाइबर बिछ्याउने कामले पुनः गति लिन थालेको छ । निषेधाज्ञा खुकुलो भएसँगै मध्य पहाडी लोकमार्गमा फाइबर बिछ्याउने परियोजना अन्तर्गतका विभिन्न काम फेरि सुरु हुन थालेको हो ।
म्याग्दी । म्याग्दीको भौगोलिकरूपमा बिकट र दुर्गम क्षेत्रका बासिन्दा सञ्चार सुविधाबाट बञ्चित छन् । मोबाइलमा कुरा गर्न घण्टौं हिँडेर छिमेकी गाउँ पुग्ने, डाँडा र रुख चढ्नु पर्ने बाध्यता छ ।
धनगढी । मौसमी सूचना सङ्कलन गरी किसानलाई पूर्वजानकारी दिनका लागि सुदूरपश्चिम प्रदेशका सात स्थानमा स्वचालित मौसम मापन केन्द्र स्थापना गरिएका छन् । मौसमी सूचना सङ्कलन गरी ‘रियल टाइम’मा विवरण हेर्न सकिने गरी स्वचालित मौसम मापन केन्द्र स्थापना गरिएका हुन् ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले राजस्व निर्धारण तथा सङ्कलन कार्यलाई अनलाइन प्रणालीमार्फत शुरु गरेपछि यसको प्रभावकारिता बढेको छ । कामपाले यही असोज एक गतेदेखि वडा नं २६ बाट अनलाइन प्रणालीमार्फत राजस्व निर्धारण तथा सङ्कलन कार्य शुरु गरेको थियो ।
काठमाडौं । काठमाडौं उपत्यकामा अनलाइन शिक्षा शुःल्कमा एकरुपता बनाउने प्रयास थालिएको छ । सरकारले जारी गरेको निर्देशिकाले स्थानीय तहलाई दिएको जिम्मेवारी अनुसार उपत्यका नगरपालिका फोरमले शुःल्कको एकरुपता बनाउन छलफल थालेको हो ।
काठमाडौं । आजकल धेरै युवाहरू अनलाइनमा विशेष रुचि राख्छन् । उनीहरू अनलाइनमा नचिनेका व्यक्तिहरूसँग भेट्न र उनीहरूसँग सम्बन्ध विकास गर्न मन पराउँछन् । उनीहरू पहिले विभिन्न सामाजिक सञ्जालहरु तथा वेबसाइटहरूमा एक अर्कासँग जोडिन्छन् र त्यसपछि बिस्तारै समय बित्दै जाँदा उनीहरूले एक अर्कालाई बढी जान्ने प्रयास गर्छन् ।
काठमाडौं । आजकल प्रत्येक फोन कल वा भिडियो च्याट केहि मिनेटपछि औपचारिक प्रश्नहरुमा आउँदछन् । के गर्ने, के नयाँ कुरा गर्ने ? यदि तपाईंसँग पनि यस्तै समस्या छ भने, यहाँ केही त्यस्ता उपायहरु छन् जसले औंचारिकता हटाएर तपाईंको प्रियजनहरूसँगको भिडियो कलहरू रोचक बनाउँदछन् ।