1
1

ट्वीटरले राजनीतिक विज्ञापनमाथिको प्रतिबन्ध खुकुलो बनाउदै

1
1
1

ट्विटर इंकले सामाजिक मिडिया प्लेटफर्ममा अनुमति दिइने राजनीतिक विज्ञापनहरूको प्रकारहरू विस्तार गर्ने भएको छ ।

जुन सन् २०१९ मा राजनीतिक विज्ञापनहरूमा विश्वव्यापी रुपमा लगाइएको प्रतिबन्ध विपरीत नीति हो । एलोन मस्कको स्वामित्वमा रहेको कम्पनीले राजस्व बढाउन खोजेको छ । ‘हामी विश्वास गर्छौं कि राजनीतिक सन्देशको पहुँच बनाउनुपर्छ  किन्न होइन’, ट्विटरका तत्कालीन प्रमुख कार्यकारी ज्याक डोर्सीले यस कदमको घोषणा गर्दै ट्वीट गरेका छन् ।

कम्पनीले संयुक्त राज्य अमेरिकामा “कारणमा आधारित विज्ञापनहरू“ को लागि आफ्नो विज्ञापन नीतिलाई पनि सहज बनाउने बताएको छ । र विज्ञापन नीतिलाई ‘टिभी र अन्य मिडिया आउटलेटहरूसँगै’ मिलाउने जनाएको छ । ट्वीटर र फेसबुकजस्ता अन्य सामाजिक सञ्जाल कम्पनीहरूले आफ्नो सेवाहरूमा चुनावी गलत सूचना फैलाउन अनुमति दिएकोमा व्यापक आलोचनाको सामना गर्नु परेपछि ट्विटरले सन २०१९ मा राजनीतिक विज्ञापनहरू प्रतिबन्ध लगाएको थियो ।

 

प्रकाशित: २० पुष २०७९ ०९:०७ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी