अल्फाबिटामा ब्रिजकोर्स कक्षा अनलाईन माध्यमबाट सुरु

अल्फाबिटामा ब्रिजकोर्स कक्षा अनलाईन माध्यमबाट सुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अल्फाबिटाले कक्षा १० सकेर बसेका विद्यार्थीहरुलाई लकडाउनको समय सदुपयोग गराउने तथा सेन्ट जेभियर्स, बुढानिलकण्ठ, एस.ओ.एस जस्ता कलेजहरुको इन्ट्रान्स एक्जाम को तयारी गराउनका निम्ती यसवर्षको ब्रिजकोर्स कक्षा अनलाईन माध्यमबाट सुरु गरेको छ ।

अल्फाबिटाका प्रेसिडेन्ट तथा सिइओ द्विराजशर्मा भन्छन् , “ लामो समयको फुर्सदलाई ब्रिजकोर्समा लगाउन सकेमा टप कलेजहरुको इन्ट्रान्स एक्जाममा अब्बल नतिजा ल्याउन सक्ने, आगामी शैक्षिक कार्यक्रमलाई सहज हुने र करिअरका लागि समेत सहयोगी हुन्छ । त्यसैखेर जाने समयको सदुपयोग गर्ने अवसर हो, ब्रिजकोर्स । ”

एसइई दिएका विद्यार्थीका लागि कक्षा १० र ११ को कोर्ष र समयको ग्यापलाई जोड्ने उपयुक्त समय हो । नेपालमा पहिलोपटक ब्रिजकोर्स सुरु गरेको अल्फाबिटाले यसवर्ष पनि विद्यार्थीका लागि साइन्स र म्यानेजमेन्टका ब्रिजकोर्सका कक्षा सञ्चालन गरेको छ । अल्फाबिटाले उपलब्ध गराउने ब्रिजकोर्समा कोर्सको ग्याप पूरा गर्ने मात्र होइन, विद्यार्थीको रुचि र क्षमता बुझेर कक्षा ११ मा कस्ता विषय पढ्न उपयुक्त हुन्छ भन्ने सुझाबसमेत दिने गरेको छ ।

एकाएक विश्व समुदायमा फैलिएको कोभिड १९ का कारण संसारभर अहिले अनलाईन शिक्षाको माग बढिरहेको परिस्थितीमा अल्फाबिटाले पनि आफ्ना सम्पूर्ण कक्षाहरु पूर्णरूपमा अनलाईन माध्यमद्वारा सन्चालन गरिरहेको छ। विद्यार्थीहरुले इ-सेवा जस्ता अनलाईन बाट भर्ना शुल्क तिरेर सजिलैसँग आफ्नो रोजाईका कक्षाहरु सुरु गर्न सक्नेछन् ।

Logo