एकाएक किन बन्द भयाे लोकप्रिय फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ ?

एकाएक किन बन्द भयाे लोकप्रिय फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ ?

केन्द्रबिन्दु
14
Shares

४० लाख फलोअर्स भएको नेपालकै लोकप्रिय फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ बन्द भएको छ ।

पेजका सञ्चालक भिक्टर पौडेलले आफ्नो सामाजिक सञ्जालमार्फत पेज बन्द गरेको बताएका छन् । उनले लेखेका छन्, ‘अब अट्याक गर्नुपर्दैन, स्वार्थले खोलेको थिएन तै भएर बाल छैन। बाँकि कुरा पछि गरौला !’

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई बचाउ गरेको आरोप लागेपछि उनले पेज बन्द गरेको आंकलन गरिएको छ । पौडेलले फेसबुकमा स्टाटस लेख्दै ‘बोल्ड डिसिजन’ लिन लागेको बताएका थिए । त्यसलगत्तै फेसबुक पेज र इन्स्टाग्रामको पेज बन्द भएको हो । उनले अब आफू स्वतन्त्र भएको र आफूलाई छाडिदिन पनि आग्रह गरेका छन् ।

‘आरओएनबी’भनिने यो पेजलाई लिएर खासगरी युवा पुस्ताको ‘क्रेज’ बेग्लै छ। सूचना, समाचार सम्प्रेषणदेखि सहयोग जुटाउन यो प्रभावकारी मानिन्थ्यो। २०६८ सालमा बन्दको ‘अपडेट’ दिन १६ वर्षे ठिटोले शुरू गरेको सामान्य फेसबूक पेज थियो, आरओएनबी। २०८० सालमा आइपुग्दा युवाको ठूलो जमातले आरओएनबीलाई विश्वास गर्न थालिसकेका थिए।

आरओएनबीको प्रभाव राष्ट्रिय राजनीतिसम्मै विस्तार भइसकेको थियो । नकारात्मक तथा मानहानी गर्ने समाचार कहिल्यै प्रकाशित नगर्ने पेजको नीति रहेको भिक्टरले बताएका थिए । त्यस्तै, अनुसन्धानमूलक र खोज पत्रकारिता पनि नगर्ने भएकाले गल्ती हुने सम्भावना न्यून छ। 

विवादमा पर्ने, कसैको मानहानी हुने र मूलधारको सञ्चारमाध्यमले जस्तो घटना नभई अनुमानको भरमा या स्रोतको आधारमा भनेर समाचार नहाल्न यो पोज सबै उमेर समूहमा लोकप्रिय बन्दै थियो । युवामाझ निकै लोकप्रिय रुटिन अफ नेपाल एकाएक  बन्द भएपछि अहिले सामाजिक सञ्जालमा तरंग फैलिएको छ । सामाजिक सञ्जाल प्रयाेगकर्ताहरु विभिन्न प्रकारका आंकलन गर्न थालेका छन् ।

Logo