नेपालमा पनि सुरु भयो ओम्नियुज प्लेटफर्म, के छन् सुविधा ?

नेपालमा पनि सुरु भयो ओम्नियुज प्लेटफर्म, के छन् सुविधा ?

केन्द्रबिन्दु
0
Shares

ओम्नियुज मोबाइल एप नेपालमा पनि सुरु भएको छ । विभिन्न प्रकारका संस्था, कन्सल्टेन्सीलगायतका कार्यालयहरूलाई आफ्ना ग्राहक तथा सेवाग्राहीका डेटा संकलन, प्रशोधन गर्न सजिलो हुने गरी बनाइएको ओम्नियुज एप्लिकेसन नेपालमा पनि सुरु भएको हो।

विश्वभरका डिजिटल ग्राहकहरु र संस्थाहरुबीचको समन्वय सिर्जना गर्ने उद्देश्यले एप्लिकेशनको सञ्चालनमा ल्याइएको हो। उक्त एप्लिकेशन अमेरिकी कम्पनी Digital Formulation LLC ले निर्माण गरेको हो। जसमा गुगल र माइक्रोसफ्टभन्दा बढी फिचरहरु भएको दाबी गरिएको छ। साथै, एप प्रयोगकर्ताहरुको लागि अनुकूल र कतिपय सुविधाहरु निःशुल्क छन्।

ओम्नियुज प्लेटफर्म फरक–फरक तीन तरिकाले प्रयोग गर्न सकिन्छ: वेब एप, मोबाइल एप र कनेक्ट API र एप्लिकेशन एकअर्कासँग जोडिएको छ।

ओम्जियुज वेब एप्लिकेशनले विभिन्न संघसंस्थाहरुको फर्म बनाउन, प्रकाशित गर्न र पेश गरेको फर्मलाई म्यानेज गर्छ। ओम्नियुज मोबाइल प्रयोगकर्ताहरुले आफूलाई चाहिएको विवरणहरु हेर्न, खोज्न र अप्लाई गर्न सक्नेछन्। कनेक्ट एपले मोबाइल र वेब एप्लिकेशनलाई जोड्छ। साथै, प्रयोगकर्ताले सजिलैसँग सेवा किन्न र आफूलाइ नचाहिएको बेलामा बन्द गर्न पनि सहज छ।

यस सिष्टमको उद्देश्य विभिन्न संघसंस्थाहरु र ग्राहकहरुको फर्म बनाउँदा, प्रकाशन गर्दा, अप्लाई गर्दा हुने समस्यालाई कम गर्ने हो। यसमा नेपाली, हिन्दी र अग्रेजीभाषा समावेश गरिएको छ। जसले गर्दा कुनै पनि संघसस्थाहरुको फर्म खोज्न, हेर्न भर्न सहज हुने र आवश्यक परेका डकुमेन्ट तथा जानकारीहरु प्राप्त गर्न सकिन्छ। एपले आइटी क्षेत्रको विकास र रोजगारी सिजर्ना गर्न सहयोग गर्ने विश्वास कम्पनीको छ।

ओम्नियुज मोबाइल एप Flutter बाट बनाएको छ, जसले गर्दा धेरै मोबाइलमा चलाउन सकिन्छ। त्यसैगरी वेब एप PHP र विजनेस लजिक जाभाबाट निर्माण गरिएको छ।

ओम्नियुज वेबमा रेगुलर र सब्सक्रिप्सन गरेर दुईवटा संस्करण छ। रेगुलर मोडेल विभिन्न संघसंस्थाहरुको लागि बनाएको हो, यसलाई संस्थाहरुले आफ्नै सर्भरमा पनि राख्न सक्नेछन्। रेगुलर मोडेलमा सुविधाहरुअनुसार मूल्य राखिएको छ। सब्सक्रिप्सन मोडेल सम्पूर्ण संघ संस्थाहरुको लागि निःशुल्क छ।

यस प्लेटफर्ममा स्वचालित प्रक्रिया भएकाले कुनै पनि व्यवसायीहरुलाई व्यापार व्यवस्थित गर्ने, नयाँ फर्म बनाउँदा लागत घटाउन र दक्षता बढान मद्दत गर्छ। एक क्लिकमै प्रकाशन गर्न सकिने र फर्म बनाउँदा छोटो समय लाग्ने भएकाले समयको बचत हुन्छ।

ओम्नियुज मोबाइल एप त्यस्ता ग्राहक वा प्रयोगकर्ताहरुको लागि हो, जसले प्रत्येक दिन विभिन्न डिजिटल आवेदन फर्म भर्नुपर्ने हुन्छ। जस्तैः विद्यालय, कलेज, विश्वविद्यालय, इन्टर्नशिप, जागिर, बैंक खाता खोल्न र सरकारी फारमहरु। साथै, यस एप्लिकेशनमा विश्वभर रहेका कुनै पनि डिजिटल आवेदन फर्महरु खोज्न, हेर्न र आवेदन दिन सकिन्छ।

ओम्नियुजको मोबाइल एप आईओएस र एन्ड्रोइड फोनमा निःशुल्क उपलब्ध छ। मोबाइल प्रयोगकर्ताहरुले आफ्नो व्यक्तिगत सूचना र डकुमेन्टहरु एप्लिकेसनमा राख्न सक्नेछन्।

Logo