सिजी इलेक्ट्रोनिक्सले ल्यायो एआई बेस च्याटवट

सिजी इलेक्ट्रोनिक्सले ल्यायो एआई बेस च्याटवट

केन्द्रबिन्दु
0
Shares

इलेक्ट्रिक होम अप्लाईन्सको मार्केट लिडर सिजी इलेक्ट्रोनिक्सले अत्याधुनिक क्षमताको एआई बेस च्याटवटको सुरुवात गरेको छ । यो आधुनिक एआई बेस च्याटवटले सिजी इलेक्ट्रोनिक्स ब्रान्डसंग ग्राहकहरुको सम्बन्ध र विश्वासलाई सहज र सन्तोषजनक अनुभव सुनिश्चित गर्दै नयाँ उचाईमा पुर्याउने कम्पनीको दावी छ ।

ग्राहकहरु संगको सम्बन्धलाई झन्  प्रगाढ बनाउन विभिन्न मध्यममा  एकैसाथ एआई बेस च्याटवट लन्च गरेको छ । 

साे अवसरमा इलेक्ट्रोनिक्सका ब्रान्ड एण्ड मार्केटिङ हेड गौरब हमालले भने "हामी दृढ विश्वास गर्दछौं कि एआई बेस च्याट वट  असाधारण ग्राहक सेवामा  एक समृद्ध डिजिटलाइजेसनको आधारशिला हो। सीजी एलेक्स एआई बेस च्याटवटको परिचयसँगै, हामी हाम्रा ग्राहकहरूलाई अझ छिटो,सुलभ र थप सेवाहरू प्रदान गर्न पाउँदा अत्यन्त खुसी छौं। यो सुविधाजनक संलग्नताको नतिजा ग्राहकको  किनमेल अनुभवमा नवीनता  प्रदान गर्नको लागी एक महत्वपूर्ण छलाङ चिन्ह हो ।" 

यो एआई बेस च्याटवटबाट ग्राहकहरुले विभिन्न प्रकारका सुविधाहरु प्राप्त गर्न सक्ने जनाइएको छ ।

१. प्रोडक्ट जानकारी तथा सोधपुछ:  ग्राहक हरुले सिजी इलेक्ट्रोनिक्सका ब्रान्डका सम्पूर्ण प्रोडक्ट को सम्पूर्ण जानकारी जुनसुकै समयमा पनि सोधपुछ गर्न र खरिद सम्बन्धी सम्पूर्ण जानकारी लिन सक्ने छन् ।

२. लेटेस्ट अफर : ग्राहकहरुले लेटेस्ट अफरको बारेमा जानकारी हासिल गर्न सक्नेछन् जसबाट ग्राहकहरुले सुलभ मुल्यमा आवस्यक सामग्री खरिद गर्न सक्ने छन् ।

३.  रियल टाइम अर्डर स्टाटसः  सहज रूपमा ग्राहकहरुले अर्डर वास्तविक-समयमा ट्र्याक गर्न सक्ने छन् साथै  वितरण प्रक्रियामा पारदर्शिता र मानसिक शान्ति प्रदान हुनेछ भन्नेमा कम्पनीको विश्वास रहेको छ । 

४.  रियल टाइम कस्टूमर कम्प्लेन स्टाटस:  ग्राहकहरुको कुनै पनि  गुनासोहरूको स्थिति जाँच गरि पारदर्शिता र समयमै समाधान सुनिश्चित भएर  समस्यालाई तुरुन्तै समाधान हुने छ ।

५. रियल टाइम कस्टूमर कम्प्लेन रजिस्ट्रेसन:  उजुरी दर्ता प्रक्रियालाई सरल र सुव्यवस्थित बनाई समस्या समाधानको लागि वास्तविक-समयमा टिकटहरू प्राप्त गर्न छन् ।

६. प्रोडक्ट रजिस्ट्रेसन:  ग्राहक हरुले सहज ढंगबाट वारेन्टी र अफर सहित खरिदको लागि प्रोडक्ट रजिस्ट्रेसन गर्न सक्ने छन ।

७. विशेष अफरहरुः अधिकतम बचत सहित विभिन्न अफरमा ग्राहक हरुले खरिद गर्न सक्ने छन ।

८. लाइभ एजेन्ट सपोर्ट : विशेषज्ञ सहायताको लागि हाम्रा समर्पित लाइभ एजेन्टहरूसँग जडान कुरा गर्न सकिने छ, खरिद अगि र खरिद पछि चाहिने सम्पूर्ण सहायोगका लागि लाइभ सपोर्ट एजेन्ट उपलब्द हुनेछन् ।
९. डाइरेक्ट  प्रश्न:  सीधै प्रश्नहरू सोध्नन  र तुरुन्त जवाफहरू प्राप्त गर्न सकिनेछ , बिक्री र बिक्री पछि सेवाहरूसँग सम्बन्धित कुनै पनि समस्याहरू द्रुत रूपमा समाधान हुने छ।

१०. ईएमआई जानकारी:  हाम्रो सुविधाजनक  EMI (मासिक किस्ता) भुक्तानी विकल्पहरूको बारेमा विस्तृत जानकारीका लागि पनि प्रयोग गर्न सकिने छ ।

११. एक्सचेन्ज सम्बन्धि जानकारीः  झन्झट-रहित एक्सचेन्ज प्रक्रियाको बारेमा ग्राहक हरुले च्याटवट बाट जानकारी लिन सक्नेछन् ।

Logo