प्रविधिको विस्तारका लागि नीतिगतस्तरमा अध्ययन गर्ने छौँः अध्यक्ष अर्याल

प्रविधिको विस्तारका लागि नीतिगतस्तरमा अध्ययन गर्ने छौँः अध्यक्ष अर्याल


एसिया प्यासिफिक स्कुल अन इन्टरनेट गभर्नेन्स (एपिसिग) का नवनिर्वाचित अध्यक्ष एवं अधिवक्ता बाबुराम अर्यालले एसिया प्रसान्त क्षेत्रमा इन्टरनेटको नीति र प्रयोगका विषयमा अध्ययन र अनुसन्धान गर्ने बताएका छन् । 

एपिसिगको सोमबार अध्यक्ष बनेका अर्यालले संस्थाअन्तर्गत एसिया प्रसान्तस्तरमा इन्टरनेटको नीति र प्रयोगका बारेमा नयाँ नयाँ नेतृत्व उत्पादन गर्ने र क्षमता अभिवृद्धि गर्ने बताएका हुन् । “अहिलेसम्म संस्थाले छ वटा क्षमता विकासका कार्यक्रम सञ्चालन गरिरहेको छ । राष्ट्रियस्तरमा इन्टरनेटको नीतिका क्षेत्रमा काम गर्ने लक्ष्य हो”, उनले भने, “अहिलेसम्म राष्ट्रियस्तरका पाँचवटा स्कुल छन् । यसलाई अझै सक्रिय रुपमा अगाडि बढाउने योजना छ ।”

अध्यक्ष अर्यालले समुद्रभित्र तथा भौगालिक विसमता भएका ठाउँमा कसरी इन्टरनेट विकास गर्न सकिन्छ भनेर अध्ययन गर्ने भावी योजना रहेको उल्लेख गरे । “प्रविधिको विस्तारका लागि नीतिगतस्तरमा अध्ययन अनुसन्धानको काम गछौँ”, उनले भने ।

संस्थाको स्थापनाको सन् २०१५ भएको थियो । अधिवक्ता अर्याल यस संस्थामा स्थापनादेखि नै क्रियाशील भएर काम गरिरहेका छन् । एपिसिगको अध्यक्षमा अधिवक्ता अर्याल निर्वाचित भएको आइतबार घोषणा भएको थियो । अध्यक्षका लागि अर्का उम्मेदवार पाकिस्तानका मुबसिर सरगनाको भन्दा छ मत बढी प्राप्त गरेर अर्याल अध्यक्षमा निर्वाचित भएका हुन् । अर्यालले २१ मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी सरगनाले १५ मत प्राप्त गरेका थिए । सन् २०२३, २४ डिसेम्बेरमा निर्वाचन समितिले अर्याललाई अध्यक्षका रुपमा सार्वजनिक घोषणा गरेको थियो । 

Logo