डा. सन्दुक रुइत र कुलमान घिसिङलाई सम्मान

डा. सन्दुक रुइत र कुलमान घिसिङलाई सम्मान


काठमाडौं । हेमबहादुर मल्ल सम्मान पुरष्कारबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आँखा विशेषज्ञ  सन्दुक रुइत सम्मानित भएका छन् ।

नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशनले मंगलबार पत्रकार सम्मेलन गरी घिसिङ र रुईतलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको जानकारी गराएको हो । साल्ट ट्रेडिङले घिसिङलाई लामो समयदेखिको लोडसेडिङ समस्यालाई हटाउन योगदान गरेको र रुईतलाई आँखा उपचारमा अतुलनीय योगदान गरेकोले उक्त पुरष्कार प्रदान गर्न लागिएको जनाएको छ । सम्मान प्रदान गर्न गठित उच्चस्तरीय छनोट समितिका संयोजक कृष्णहरी बास्कोटाले घिसिङलाई २०७३ सालको र रुईतलाई २०७४ सालको पुरस्कारबाट सम्मान गर्न लागिएको बताए ।

हेमबहादुर मल्ल सम्मान पुरष्कार २०५९ सालमा स्थापना गरिएको हो । बाग्लुङमा जन्मनुभएका मल्ल साल्ट ट्रेडिङ कर्पोरेशन महाप्रवन्धक भई रोलमोडल प्रशासन र व्यवस्थापकको रुपमा काम गरेकाले कर्पोरेशनले उनको सम्झनामा उक्त पुरस्कारको स्थापना गरेको हो । पुरष्कार २ लाख राशीको रहेको छ ।

Logo