मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा एडुरोम सेवाकाे शुरुवात

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा एडुरोम सेवाकाे शुरुवात

केन्द्रबिन्दु
28
Shares

मकवानपुर । थाहा नगरपालिकाकाे चितलांगमा अवस्थित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा एडुरोम सेवाकाे शुरुवात गरिएको छ । यो सेवालाई नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्क (एनआरईएन) को प्राविधिक सहयोगमा सुरुवात गरिएको हो |

यससँगै एडुरोममा जोडिएका सङ्घसंस्थाका प्रतिनिधिहरू मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पुग्दा सुरक्षित इन्टरनेटमा सजिलै पहुँच पाउन सक्ने भएका छन्

विश्वविद्यालय, वैज्ञानिक अनुसन्धानसम्बन्धि संस्था तथा उच्च शिक्षामा संलग्न शिक्षक तथा विद्यार्थीहरुबीच एक शैक्षिक संस्थाबाट अर्को शैक्षिक संस्थामा पुग्दा आफ्नै शैक्षिक संस्थाको युजरनेम र पासवर्डवाट इन्टरनेटको पहुँच स्थापित हुने एडुरोम सेवा हाल १०० वटा देशहरुका विश्वविद्यालय तथा अन्य शैक्षिक संस्थाहरुमा सञ्चालमा आइसकेको छ ।

रेडियस सर्भरको मार्फत प्रयोगकर्ताको प्रमाणीकरण गरिने हुँदा एडुरोम अन्य वाईफाईको तुलनामा अधिक सुरक्षित मानिन्छ । साथै अनुसन्धानकर्ताहरू एडुरोममा आबद्ध देश तथा विदेशमा रहेको अर्को शैक्षिक अनुसन्धान संस्था पुग्दा त्यहाँ समेत निःशुल्क इन्टरनेटमा जोडिन सक्नेछन् ।

एडुरोमको प्रयोगबाट विश्वविद्यालय, वैज्ञानिक अनुसन्धान सम्बन्धी संस्था तथा उच्च शिक्षामा संलग्न शिक्षक तथा विद्यार्थीहरू एक संस्थाबाट अर्को संस्थामा जाँदा आफ्नो शैक्षिक संस्थाको युजरनेम र पासवर्डबाट इन्टरनेटमा जोडिन सक्छन् ।

Logo